१३ श्रावण २०८३, बुधबार
,
Latest
अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित दैनिक एक हजार ५०० ई–राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट कोहलीले तोडे एबी डिभिलियर्सको कीर्तिमान



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को ४५ औं खेलमा गुजरात टाइटन्सविरुद्धको लक्ष्य पछ्याउँदै विराट कोहलीले उत्कृष्ट इनिङ खेलेका थिए ।

रोयल च्यालेन्जर्स बैंगलोरका पूर्व कप्तानले ४४ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ७० (नटआउट) ​​रन बनाएका थिए । अब यो अविजित पारीसँगै विराट कोहलीले बैंगलोरका पूर्व ब्याट्सम्यान एबी डिभिलियर्सको कीर्तिमान तोडेका छन् ।

गुजरात विरुद्धको खेलमा कोहलीले एबी डिभिलियर्सलाई छक्काको हिसाबले पछि पारेका हुन् । कोहलीले अब आईपीएलमा २५४ छक्का पूरा गरिसकेका छन् । डिभिलियर्सले आफ्नो आईपीएल करियरमा २५१ छक्का प्रहार गरेका थिए ।

यो सूचीमा मुम्बई इन्डियन्सका रोहित शर्मा २७५ छक्कासहित दोस्रो स्थानमा छन् । यस्तो अवस्थामा कोहलीले यो रेकर्ड तोड्न सक्छन् । सूचीमा क्रिस गेल पहिलो नम्बरमा छन् । गेलले आफ्नो आईपीएल करियरमा ३५७ छक्का प्रहार गरेका छन् ।

विराट कोहलीले आईपीएल २०२४ मा ५०० रनको आँकडा पार गरेका छन् । उनी चालू सिजनमा यो अंक छुने पहिलो ब्याट्सम्यान बनेका छन् । सबैभन्दा धेरै रन बनाएपछि कोहलीले लगातार टाउकोमा ओरेन्ज क्याप लगाएका छन् । अहिलेसम्म किंग कोहलीले १० खेलका १० इनिङ्समा ७१.४३ को औसत र १४७.४९ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै ५०० रन बनाएका छन् ।