१८ फाल्गुन २०८१, आईतवार
March 2, 2025 Sunday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 16.38

Wind: 3.09

Humidity: 51

Latest
किराती बस्ती वाम्द्यालमा स्वालेवा स्तम्भ निर्माण लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी गणतन्त्र धरासायी हुने अवस्थामा पुग्यो – कमल थापा टोखामा गोली चलाएर प्रहरीले एक जनालाई लियो नियन्त्रणमा राष्ट्रिय फुल कन्ट्याक्टमा रुपक र मन्जुलाई स्वर्ण महिला कबड्डी टोली इरान प्रस्थान अर्थतन्त्र सुधारबारे पूर्व अर्थसचिवहरुसँग छलफल, ठूला आयोजनाहरुमा केन्द्रित हुन सुझाव राष्ट्रियसभाबाट ‘नेपाल कानुन व्यवसायी परिषद् विधेयक, २०८१’ पारित ‘प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत ऐतिहासिक मुकुन्देश्वरीगढीलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानमाथिको प्रश्नमा वकिलहरु व्यवसायिकता भनेर विचारबाट भाग्न पाउदैन्न : भट्टराई



file photo
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य योगेश भट्टराईले संविधानमाथिको प्रश्नमा वकिलहरु व्यवसायिकता भनेर विचारबाट भाग्न नपाउने बताउनुभएको छ ।

शनिबार माक्र्सवादी ज्ञान केन्द्रले आयोजना गरेको संसद विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य भट्टराईले वकिलहरु कुनै फौजदारी विषयको मुद्दामा लड्न स्वतन्त्र भएपनि संविधानको विषयमा व्यवसायिक धर्म भनि जान नमिल्ने बताउनुभएको हो । संविधानमाथिको प्रश्नमा वकिलहरु व्यवसायिकता भनेर विचारबाट भाग्न नपाउने उहाँको भनाई छ ।

प्रधानमन्त्री ओली द्रुत गतिमा दक्षिणपन्थीबाटो तर्फ जादै गरेको उहाँले बताउनुभयो । संविधानमा भएका कतिपय विषय प्रधानमन्त्री ओलीलाई मन नपरेको भन्दै उहाँले तिनै मुद्दालाई संशोधन गर्नका निम्ति ओलीले दुईतिहाई मत मागेको बताउनुभयो । नेपालको संविधानको निर्माता आफ्नो पार्टी, वर्ग, विचार र सिद्धान्त भएकोले संविधानप्रति आफुहरुको लगाव र स्नेह रहेको उहाँको भनाई छ ।