१ असार २०८३, सोमबार
,
Latest
अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानमाथिको प्रश्नमा वकिलहरु व्यवसायिकता भनेर विचारबाट भाग्न पाउदैन्न : भट्टराई



file photo
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य योगेश भट्टराईले संविधानमाथिको प्रश्नमा वकिलहरु व्यवसायिकता भनेर विचारबाट भाग्न नपाउने बताउनुभएको छ ।

शनिबार माक्र्सवादी ज्ञान केन्द्रले आयोजना गरेको संसद विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य भट्टराईले वकिलहरु कुनै फौजदारी विषयको मुद्दामा लड्न स्वतन्त्र भएपनि संविधानको विषयमा व्यवसायिक धर्म भनि जान नमिल्ने बताउनुभएको हो । संविधानमाथिको प्रश्नमा वकिलहरु व्यवसायिकता भनेर विचारबाट भाग्न नपाउने उहाँको भनाई छ ।

प्रधानमन्त्री ओली द्रुत गतिमा दक्षिणपन्थीबाटो तर्फ जादै गरेको उहाँले बताउनुभयो । संविधानमा भएका कतिपय विषय प्रधानमन्त्री ओलीलाई मन नपरेको भन्दै उहाँले तिनै मुद्दालाई संशोधन गर्नका निम्ति ओलीले दुईतिहाई मत मागेको बताउनुभयो । नेपालको संविधानको निर्माता आफ्नो पार्टी, वर्ग, विचार र सिद्धान्त भएकोले संविधानप्रति आफुहरुको लगाव र स्नेह रहेको उहाँको भनाई छ ।