४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

Pm कप : सुदूरपश्चिम प्रदेश बाहिरियो

Pm कप : सुदूरपश्चिम प्रदेश बाहिरियो
अ+ अ-

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय त्रिकेट प्रतियोगिताबाट सुदूरपश्चिम बाहिरिएको छ ।

मूलपानी मैदानमा लुम्बिनी प्रदेशसँग ६ विकेटले पराजित भएको सुदूरपश्चिम बाहिरिएको हो । तीन खेलबाट दोस्रो जित निकालेको लुम्बिनीले अघिल्लो चरणको यात्रालाई जिवन्त राख्दा हारेको सुदूर पीश्चमले लगातारका तीन खेलमा पराजय भोग्दै जारी प्रतियोगिताबाट बाहिरिएको छ । सुदूरपश्चिमको एक खेल भन अझै बाँकी छ ।

सजह जित निकालेको लुम्बिनीले सुदूरपश्चिमले प्रस्तुत गरेको ६३ रनको लक्ष्य १४.४ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । लुम्बिनीको जितमा सौरभ खनालले अविजित १८ रन जोड्दा प्रकाश केसीले पनि नटआउट १७ रन जोडे । कप्तान कृष्ण कार्कीले १५ रनको योगदान गर्दा ओपनर देव खनाल ९ रनमा पवेलियन फर्किएका थिए ।  सुदूरपश्चिमका शेर मल्लले २ विकेट लिए । विनोद लामाको नाममा एक विकेट रह्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २७.४ ओभरमा सबै विकेटले गुमाएर मात्र ६२ रन जोड्न सक्यो । यस्तै नारायण जोशीले सर्वाधिक १७ रन जोड्दा कप्तान सन्तोष भट्टले ११ रनको योगदान गरे । तीन खेलाडी शून्यमा पवेलियन फर्किँदा केही ब्याट्स १० भित्र समेटिएको थियो । सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका कृष्ण कार्कीले ४ विकेट लिए । अनिल खरेल र बिक्रम भुसालले २/२ विकेट लिए । जितसंगै समूह ‘बी’ को लुम्बिनीले ३ खेलमा ४ अंक जोडेको छ ।

लुम्बिनी दोस्रो स्थानमा उक्लिएको छ । लुम्बिनीले पहिलो खेलमा प्रदेश–२ लाई ७७ रनले हराएको थियो भने दोस्रो खेलमा पुलिसलाई ७४ रनको नतिजा सुम्पिएका थियो । लगातार तीन खेलमा पराजय भोगेको सुदूरपश्चिम  यस अघि बागमती प्रदेश र पुलिससँग पराजित भएको थियो ।