२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा चेन्नईको पाँचौं जित, हैदरावादलाई ७८ रनले पराजित गर्दै बदला लियो



अ+ अ-

काठमाडौँ । आईपीएल–२०२४ को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई ७८ रनले पराजित गरेको छ । टोलीले चालू सिजनमा पाँचौं जित हासिल गरेको छ ।

यो जितसँगै चेन्नई अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चेन्नईले लगातार दुई खेलको हारपछि जित निकालेको हो । जबकि हैदरावादले सिजनमा पहिलो पटक लगातार दोस्रो खेल हार्यो । सनराइजर्स अंक तालिकाको चौथो स्थानमा छ ।

चेन्नईको चेपौक रंगशालामा आइतबार भएको खेलमा सनराइजर्स हैदरावादले टस जितेर पहिले बलिङ रोजेको थियो । चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २१२ रन बनाएको थियो । जवाफमा हैदरावाद १८.५ ओभरमा १३४ रनमै सीमित भयो । खेलको प्लेयर अफ द म्याच रुतुराज गायकवाड भए । उनले ५४ बलमा ९८ रनको इनिङ खेले ।

घरेलु मैदानमा हैदरावादलाई पराजित गर्दै चेन्नईले बराबरी गरेको हो । यसअघि हैदरावादमा भएको खेलमा एसआरएचले ६ विकेटले जित हात पारेको थियो ।

सीएसकेका कप्तान रुतुराज गायकवाडले ५४ बलमा ९८ रनको इनिङ खेले भने डेरिल मिचेलले ३२ बलमा ५२ रन बनाए । शिवम दुबेले अविजित ३९ रनको योगदान दिए । भुवनेश्वर कुमार, टी नटराजन र जयदेव उनादकटले एक–एक विकेट लिए ।

एसआरएचका लागि एडेन मार्करामले सर्वाधिक ३२ रन बनाए । हेनरिक क्लासेन २० रन बनाएर आउट भए । रन पछ्याउने क्रममा हैदरावादको टोलीले लगातार विकेट गुमाएको थियो । टोलीले ३२ रनभन्दा बढीको साझेदारी गर्न सकेन ।

चेन्नईका तुषार देशपाण्डेले ४ विकेट लिए । मथिश पाथिराना र मुस्ताफिजुर रहमानले २–२ विकेट लिए । रवीन्द्र जडेजा र शार्दुल ठाकुरले १–१ विकेट लिए ।