२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाममा एमालेका सुहाङ र बझाङमा कांग्रेसका सिंहको अग्रता



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा इलाम–२ मा जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । पछिल्ले मत परिणामअनुसार उनले ७ हजार ६ सय ७७ मत प्राप्त गरेका छन् ।

नेम्वाङलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ५ हजार ३ ९५ मत प्राप्त गरेका छन् । पहिलो र दोस्रो उम्मेदवारबीचको मतान्तर २ हजार २ सय ८२ छ ।

पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ५८ मत प्राप्त गरी अहिलेसम्म तेस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार १ सय ६२ मत पाएका छन् ।

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको यो क्षेत्रमा शनिबार भएको मतदानमा ६९ हजार २ ८७ मत खसेको थियो ।
यो निर्वाचन क्षेत्रमा१२ दल र ७ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

गत निर्वाचनमा यो क्षेत्रबाट एमालेका सुवासचन्द्र नेम्वाङले ३० हजार २० मत पाएका थिए भने प्रतिद्वन्द्वी माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनका कांग्रेस उम्मेदवार खड्काले २९ हजार ९ सय ६ मत पाएका थिए ।

यता बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा कांग्रेस र एमालेबीच रोचक प्रतिस्पर्धा छ । हिजो साँझसम्म एमालेका उम्मेदवारले अग्रता बनारहेकोमा आज बिहानदेखि कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका अभिषेकबहादुर सिंहले ७ हजार ४ सय ९२ मत पाएका छन् । यस्तै एमालेका दमन भण्डारीले ७ हजार २ सय २८ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा माओवादी केन्द्रका जनक बुढाले २ हजार ८ सय ९५ मत प्राप्त गरेका छन । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हार १ सय २ मत प्राप्त गरेका छन् ।

शनिबार भएको मतदानमा ३० हजार ३२८ मत खसेको छ । यहाँ ११ दलका उम्मेदवार थिए ।

२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भए पछि यहाँ उपनिर्वाचन भएको हो । कांग्रेस उम्मेदवार सिंह पृथ्वीबहादुरकै छोरा हुन् ।

गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए ।