९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

जनताबाट प्राप्त विश्वास जनतामै फर्काएका छौँ: मन्त्री ज्ञवाली

जनताबाट प्राप्त विश्वास जनतामै फर्काएका छौँ: मन्त्री ज्ञवाली
अ अ+ अ-

टेक्सस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले निर्वाचनमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको बताउनुभएको छ । उहाँले लोकतन्त्रमा जनता नै सर्वेसर्वा भनिए पनि विभिन्न बहानामा केही नेताको लेनदेनमा देशलाई अड्काउन खोजिएपछि सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताउनुभयो । गैर आवासीय नेपाली सङ्,अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन माध्यमबाट गरिएको विशेष महाधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले जनतालाई निर्णायक बनाएर मात्रै लोकतन्त्र सुदृढ हुनसक्ने बताउनुभयो ।

अहिले केही असहमति देखिए पनि यसलाई देश रूपान्तरणको दिशामा अघि बढ्न खोजेकाले उत्पन्न हुन आएको परिस्थितिका रूपमा बुझ्न आग्रह गर्दै मन्त्री ज्ञवालीले सम्मानित अदालतले यसबारेमा फैसला गर्ने भएकाले सोहीअनुरूप अघि बढ्नु पर्नेमा जोड दिनुभयो । अहिले मुलुकमा देखिएको समस्यालाई लिएर नेपालको लोकतन्त्र, सङ्घीय शासन व्यवस्था, गणतन्त्र, विकासको जग र लोकतन्त्रवादी समाजवाद उन्मुख जग भत्कन्छ की भनेर कुनै चिन्ता लिनुपर्ने अवस्था नभएको उल्लेख गर्दै उहाँले जनताको अधिकार संस्थागत गर्ने दिशामा नै सरकार अघि बढेको बताउनुभयो ।

एक अर्को प्रसङ्गमा परराष्ट्रमन्त्री ज्ञवालीले गैर आवासीय नेपालीलाई नेपालको विकास र समृद्धिको सहयात्री बन्न आग्रह गर्नुभयो । उहाँले नेपालमा देखिएका असहमतिलाई लिएर गैर आवासीय नेपाली साह्रै बढी चिन्तित र विभाजित हुन नहुने उल्लेख गर्नुभयो । मन्त्री ज्ञवालीले नेपाल लगानी अनुकूल वातावरण भएको मुलुक भएको चिनारी विश्वलाई दिन गैर आवासीय नेपालीलाई त्यो अनुरूपको भूमिका खेल्न आग्रहसमेत गर्नुभयो ।

गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षता र महासचिव हेमराज शर्माको सञ्चालनमा भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, सङ्घका पूर्व अध्यक्षहरु देवमान हिराचन, जिवा लामिछाने, डा शेष घले र भवन भट्ट, सल्लाहकारहरु कुल आचार्य, टिवी कार्की, रामप्रताप थापा, सङ्घका उपाध्यक्षहरु डा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा, मन केसी, रविना थापालगायतले धारणा राख्नुभएको थियो ।