२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

बज्रयान महाविहार कलात्मक बनाउन काठमाडौँ महानगरपालिकाको अनुदान सहयोग

बज्रयान महाविहार कलात्मक बनाउन काठमाडौँ महानगरपालिकाको अनुदान सहयोग
अ अ+ अ-

काठमाडौँ । लुम्बिनीमा निर्माण भइरहेको बज्रयान महाविहारलाई नेपाली सम्पदा बिम्बित गराउन काठमाडौँ महानगरपालिकाले ५ करोड ८० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ । महाविहारको लागत २० करोड रुपैयाँ हो । यसमा मौलिक आँखीझ्याल र प्रवेश द्वार बनाउन महानगरपालिकाले २ चरणमा अनुदान रकम उपलब्ध गराएको छ ।

२०७८ साल माघ २६ गते पहिलो किस्तामा ४ करोड २९ लाख १८ हजार रुपैयाँ र दोस्रो किस्ता त्यसै बर्षको चैत १७ गते थप १ करोड ५० लाख रुपैयाँ प्रदान गरेको हो ।

यसबाट महाविहारमा नेपाली शैलीको ‘नेपाल मण्डल, प्रवेश द्वार’ निर्माण भएको छ । यस्तै महाविहारको भुइँतलामा काठमाडौँको कला प्रदर्शन हुने कलात्मक झ्याल, ढोका, पहिलो तलाको चोकबाट पूर्वतर्फ कलात्मक झ्याल, पश्चिमतर्फ विमान झ्याल, निर्माण गरिएको छ ।

यसपछि दिगि छेँ (धर्मागार) अगाडि पोखरी निर्माण गर्ने, पोखरीको वरिपरि परिक्रमा मार्ग बनाउने, हारती माताको मन्दिर बनाउनेलगायत योजना छन् । महाविहार क्षेत्रको सुधार तथा सौन्दर्य अभिवृद्धि कार्यअन्तर्गत ५० लाख रुपैयाँ लागतमा पोखरी निर्माण हुनेछ ।

लुम्बिनी विकास कोषको गुरुयोजनामा, नेपालको सम्पदा विम्बित गराउने उद्देश्यले बज्रयान विहार निर्माण गरिएको हो । लुम्बिनीमा भियतनाम, श्रीलंकालगायतका देशले आ–आफ्नै शैलीका महाविहार निर्माण गरेका छन् । त्यहाँ नेपालीपनका बिहारको नभएकोले बौद्ध धर्म संघ, नेपाल बज्रयान महाविहार सञ्चालक समितिले ०६८ सालदेखि ब्रजयान महाविहार निर्माण सुरु गरेको हो ।

महाविहार चोकको दायाँ कवलमा सहस्रभुज लोकेश्वर,बायाँ कवलमा बज्रसत्व बुद्ध मूर्ति, क्वापाद्योको बायाँ कवलमा दिपङ्कर बुद्ध मूर्ति राखिएको छ । परम्परागत बौद्ध धर्म संघकाअनुसार गएको ३ सय ७२ अघिदेखि नेपाली बौद्धकला, बास्तुकलाले भरिएको विहार निर्माण भएको छैन । यो महाविहार निर्माण सम्पन्न भएपछि ३ शताव्दीपछिको नयाँ महाविहार हुनेछ ।

महाविहारको अनुगमन

काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले शनिवार महाविहारको अनुगमन गरेको छ । उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, प्रवक्ता नविन मानन्धर, सुशासन समितिका संयोजक ख्यामराज तिवारी, अनुगमन समितिका सदस्य एवं वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरसहितको टोलीले निर्माण स्थल र प्रगतिको अनुगमन गरेको हो । टोलीमा सार्वजनिक निर्माण विभाग, कानुन तथा मानव अधिकार विभाग, सम्पदा तथा पर्यटन विभाग, वित्त विभाग, योजना अनुगमन तथा मूल्याङ्कन एकाइका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

अनुगमनपछि प्रतिक्रिया दिँदै उपप्रमुख सुनिता डंगोलले, बुद्धको जन्म स्थानमा नेपाली शैलीका महाबिहार थिएनन् । यो अभाव पूरा गराउन नेपालीपन झल्कने संरचनाका लागि महानगरपालिकाले सहयोग गरेको हो । ‘महानगरपालिकाको योगदानबाट बुद्धको जन्म स्थानमा नेपाली कला स्थापित हुने सहयोगबाट अपेक्षा गरिएको नतिजा हो ।’ उपप्रमुखको भनाइ थियो ।

अनुगमनबाट लगानीको सदुपयोग भएको देखियो । संक्षिप्त प्रतिक्रियामा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भन्नुभयो, ‘यो लगानी, नेपाल मण्डलभित्रका संस्कृति प्रवर्धनका लागि हो ।’
प्रवक्ता मान्धरले भन्नुभयो, ‘लुम्बिनीमा घुम्न आउने आगन्तुकले नेपाल मण्डलभित्रको मौलिक संरचना अवलोकन गर्न पाउनेछन् । यसले काठमाडौँको पहिचान वृद्धि गर्नमा सघाउ पुर्‍याउनेछ ।’

गौतमी भिक्षुणी विहारमा फल्चा निर्माण स्थलको निरीक्षण

अनुगमनका क्रममा धर्मकीर्ति विहार काठमाडौँले निर्माण गरेको गौतमी भिक्षुणी विहारको निरीक्षण गरिएको थियो । विहारको पोखरीका किनारामा फल्चा निर्माण गर्न महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिरहेको, विभागका निमित्त प्रमुख कुमारी राईले जानकारी दिनुभयो ।