४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बज्रयान महाविहार कलात्मक बनाउन काठमाडौँ महानगरपालिकाको अनुदान सहयोग

बज्रयान महाविहार कलात्मक बनाउन काठमाडौँ महानगरपालिकाको अनुदान सहयोग
अ+ अ-

काठमाडौँ । लुम्बिनीमा निर्माण भइरहेको बज्रयान महाविहारलाई नेपाली सम्पदा बिम्बित गराउन काठमाडौँ महानगरपालिकाले ५ करोड ८० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ । महाविहारको लागत २० करोड रुपैयाँ हो । यसमा मौलिक आँखीझ्याल र प्रवेश द्वार बनाउन महानगरपालिकाले २ चरणमा अनुदान रकम उपलब्ध गराएको छ ।

२०७८ साल माघ २६ गते पहिलो किस्तामा ४ करोड २९ लाख १८ हजार रुपैयाँ र दोस्रो किस्ता त्यसै बर्षको चैत १७ गते थप १ करोड ५० लाख रुपैयाँ प्रदान गरेको हो ।

यसबाट महाविहारमा नेपाली शैलीको ‘नेपाल मण्डल, प्रवेश द्वार’ निर्माण भएको छ । यस्तै महाविहारको भुइँतलामा काठमाडौँको कला प्रदर्शन हुने कलात्मक झ्याल, ढोका, पहिलो तलाको चोकबाट पूर्वतर्फ कलात्मक झ्याल, पश्चिमतर्फ विमान झ्याल, निर्माण गरिएको छ ।

यसपछि दिगि छेँ (धर्मागार) अगाडि पोखरी निर्माण गर्ने, पोखरीको वरिपरि परिक्रमा मार्ग बनाउने, हारती माताको मन्दिर बनाउनेलगायत योजना छन् । महाविहार क्षेत्रको सुधार तथा सौन्दर्य अभिवृद्धि कार्यअन्तर्गत ५० लाख रुपैयाँ लागतमा पोखरी निर्माण हुनेछ ।

लुम्बिनी विकास कोषको गुरुयोजनामा, नेपालको सम्पदा विम्बित गराउने उद्देश्यले बज्रयान विहार निर्माण गरिएको हो । लुम्बिनीमा भियतनाम, श्रीलंकालगायतका देशले आ–आफ्नै शैलीका महाविहार निर्माण गरेका छन् । त्यहाँ नेपालीपनका बिहारको नभएकोले बौद्ध धर्म संघ, नेपाल बज्रयान महाविहार सञ्चालक समितिले ०६८ सालदेखि ब्रजयान महाविहार निर्माण सुरु गरेको हो ।

महाविहार चोकको दायाँ कवलमा सहस्रभुज लोकेश्वर,बायाँ कवलमा बज्रसत्व बुद्ध मूर्ति, क्वापाद्योको बायाँ कवलमा दिपङ्कर बुद्ध मूर्ति राखिएको छ । परम्परागत बौद्ध धर्म संघकाअनुसार गएको ३ सय ७२ अघिदेखि नेपाली बौद्धकला, बास्तुकलाले भरिएको विहार निर्माण भएको छैन । यो महाविहार निर्माण सम्पन्न भएपछि ३ शताव्दीपछिको नयाँ महाविहार हुनेछ ।

महाविहारको अनुगमन

काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले शनिवार महाविहारको अनुगमन गरेको छ । उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, प्रवक्ता नविन मानन्धर, सुशासन समितिका संयोजक ख्यामराज तिवारी, अनुगमन समितिका सदस्य एवं वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरसहितको टोलीले निर्माण स्थल र प्रगतिको अनुगमन गरेको हो । टोलीमा सार्वजनिक निर्माण विभाग, कानुन तथा मानव अधिकार विभाग, सम्पदा तथा पर्यटन विभाग, वित्त विभाग, योजना अनुगमन तथा मूल्याङ्कन एकाइका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

अनुगमनपछि प्रतिक्रिया दिँदै उपप्रमुख सुनिता डंगोलले, बुद्धको जन्म स्थानमा नेपाली शैलीका महाबिहार थिएनन् । यो अभाव पूरा गराउन नेपालीपन झल्कने संरचनाका लागि महानगरपालिकाले सहयोग गरेको हो । ‘महानगरपालिकाको योगदानबाट बुद्धको जन्म स्थानमा नेपाली कला स्थापित हुने सहयोगबाट अपेक्षा गरिएको नतिजा हो ।’ उपप्रमुखको भनाइ थियो ।

अनुगमनबाट लगानीको सदुपयोग भएको देखियो । संक्षिप्त प्रतिक्रियामा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भन्नुभयो, ‘यो लगानी, नेपाल मण्डलभित्रका संस्कृति प्रवर्धनका लागि हो ।’
प्रवक्ता मान्धरले भन्नुभयो, ‘लुम्बिनीमा घुम्न आउने आगन्तुकले नेपाल मण्डलभित्रको मौलिक संरचना अवलोकन गर्न पाउनेछन् । यसले काठमाडौँको पहिचान वृद्धि गर्नमा सघाउ पुर्‍याउनेछ ।’

गौतमी भिक्षुणी विहारमा फल्चा निर्माण स्थलको निरीक्षण

अनुगमनका क्रममा धर्मकीर्ति विहार काठमाडौँले निर्माण गरेको गौतमी भिक्षुणी विहारको निरीक्षण गरिएको थियो । विहारको पोखरीका किनारामा फल्चा निर्माण गर्न महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिरहेको, विभागका निमित्त प्रमुख कुमारी राईले जानकारी दिनुभयो ।