२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलाभेसमाथी रियलको शानदार जित



अ+ अ-

म्याड्रिड । शनिबार स्पेनी ला लिगामा रियल म्याड्रिडले करिम बेन्जेमाको दुई गोलसंगै एलाभेसलाई ४–१ ले हराएको छ । स्पेनी कपबाट बाहिरिएपछि रियलले यो जित निकालेको हो ।

यो जितपछि रियल दोस्रो स्थानमा पुगेको छ । यो शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँग चार अंकको दूरी हो । एटलेटिकोले दुई खेल कम खेलेको छ । कोरोना भाइरस संक्रमण भएपछि रियल प्रशिक्षक जिनेदिन जिदान मैदानमा देखिएनन् ।

शनिबारका अन्य खेलमा सेभियाले काडिजलाई ३–० ले हराई तेस्रो स्थानमा उक्लिन सफल रह्यो । पाँचौं स्थानको भिल्लारियलले भने हुएस्कासँग गोलरहित बराबरी खेल्यो । यस्तै रियल सोसिडाड र रियल बेटिसले पनि २–२ को बराबरी खेले ।