३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिर्मिरे लघुवित्तको नाफा ८८.७७ प्रतिशतले बृद्धि



अ+ अ-

काठमाडौं ।  मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ८८.७७ प्रतिशतले नाफा बृद्धि गरेको छ ।  लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा बृद्धि गरेर ७ करोड ५१ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको हो । अघिल्लो वर्ष कम्पनीले ३ करोड ९८ लाख ४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
 
त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ७३.१८ प्रतिशत  र १२०.८६ प्रतिशत बढेको छ ।अघिल्लो वर्ष १० करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यो त्रैमासमा बढाएर १७ करोड ९२ लाख रुपैयाँ पुर्याएको हो । 

गत वर्षको यसै अवधिमा सञ्चालन नाफा ५ करोड ४० लाख रुपैयाँबाट रहेको सञ्चालन नाफा यस यो त्रैमासमा बढाएर ११ करोड ९२ लाख पुर्याउन सफल भएको हो । 

पुससम्म कम्पनीले  १ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यता,  कम्पनीले ५ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष कम्पनीले ९१ करोड ३२ लाख रुपैयाँ मात्र निक्षेप संकलन गर्दा २ अर्ब ५२ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । 

गत वर्षको तुलनामा चुक्त पुँजी २०९.५३ प्रतिशले बढेर ३९ करोड ८६ लाख २६ हजार रुपैयाँ पुगेको छ । तर रिपोर्टमा चालु आवको पहिलो त्रैमासको तुलनामा भने दोस्रो त्रैमासमा पुँजी कम भएको देखिन्छ । 

पहिलो त्रैमासको  रिपोर्टमा निष्कासन हुन बाँकी रहेको ३७ लाख २६ हजार रुपैयाँ एफपीओ रकम पनि पुँजीमा समावेश हुन गएकाले अहिले त्यो घटाइएको कम्पनीले स्पष्ट पारेको छ । हाल मिर्मिरेको रिजर्भ कोषमा २० करोड ५४ लाख रुपैयाँ छ ।
 
यसको खराब कर्जा १.४८ प्रतिशतबाट बढेर २.८० प्रतिशत  भएको छ । प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ९४ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ५५ पैसा छ ।