२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिर्मिरे लघुवित्तको नाफा ८८.७७ प्रतिशतले बृद्धि



अ+ अ-

काठमाडौं ।  मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ८८.७७ प्रतिशतले नाफा बृद्धि गरेको छ ।  लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा बृद्धि गरेर ७ करोड ५१ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको हो । अघिल्लो वर्ष कम्पनीले ३ करोड ९८ लाख ४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
 
त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ७३.१८ प्रतिशत  र १२०.८६ प्रतिशत बढेको छ ।अघिल्लो वर्ष १० करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यो त्रैमासमा बढाएर १७ करोड ९२ लाख रुपैयाँ पुर्याएको हो । 

गत वर्षको यसै अवधिमा सञ्चालन नाफा ५ करोड ४० लाख रुपैयाँबाट रहेको सञ्चालन नाफा यस यो त्रैमासमा बढाएर ११ करोड ९२ लाख पुर्याउन सफल भएको हो । 

पुससम्म कम्पनीले  १ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यता,  कम्पनीले ५ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष कम्पनीले ९१ करोड ३२ लाख रुपैयाँ मात्र निक्षेप संकलन गर्दा २ अर्ब ५२ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । 

गत वर्षको तुलनामा चुक्त पुँजी २०९.५३ प्रतिशले बढेर ३९ करोड ८६ लाख २६ हजार रुपैयाँ पुगेको छ । तर रिपोर्टमा चालु आवको पहिलो त्रैमासको तुलनामा भने दोस्रो त्रैमासमा पुँजी कम भएको देखिन्छ । 

पहिलो त्रैमासको  रिपोर्टमा निष्कासन हुन बाँकी रहेको ३७ लाख २६ हजार रुपैयाँ एफपीओ रकम पनि पुँजीमा समावेश हुन गएकाले अहिले त्यो घटाइएको कम्पनीले स्पष्ट पारेको छ । हाल मिर्मिरेको रिजर्भ कोषमा २० करोड ५४ लाख रुपैयाँ छ ।
 
यसको खराब कर्जा १.४८ प्रतिशतबाट बढेर २.८० प्रतिशत  भएको छ । प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ९४ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ५५ पैसा छ ।