१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहिद लखन थापाको सालिक निर्माण



अ+ अ-

भरतपुर, (चितवन) । नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक स्थापना गरिएको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सालिकको अनावरण गर्दै सहिदको बलिदानबाट देशमा परिवर्तन सम्भव भएको बताउनुभयो । उहाँले सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षाका निम्ति सबै जुट्नुपर्नेमा जोड दिनुभयो । उहाँले लखन थापा पार्क निर्माणमा महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

लखन थापा पार्क व्यवस्थापन समितिमार्फत साढे तीन फिट अग्लो सालिक निर्माण गरिएको हो । सालिक निर्माणका लागि महानगरले रु ११ लाख ४९ हजार प्रदान गरेको थियो । सालिक निर्माणमा रु १३ लाख खर्च भएको र बाँकी रकम स्थानीयले सहयोग व्यहोरेका समितिका अध्यक्ष निलकुमार मगरले जानकारी दिनुभयो । उहाँले सालिक स्थापनासँगै रामनगरमा बृहत् पार्क निर्माणको योजना रहेको बताउनुभयो । बरण्डाभार जङ्गल क्षेत्रको २१ बिघा जग्गालाई वनभोजस्थल बनाउन लागेको उहाँले बताउनुभयो ।

विसं १८९१ मा गोरखाको काहुले भङ्गारमा जन्मनुभएका लखन थापा १९३३ को फागुन २ मा सहिद हुनुभएको हो । सरकारले उहाँलाई २०७३ असोज ३ गते पहिलो सहिद घोषणा गरेको हो । रासस