• २३ जेष्ठ २०८१, बुधबार
  •      Wed Jun 5 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण–धवलागिरि पदमार्गको घोप्टेखोलामा झोलुङ्गे पुुल ★   केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आय आर्जन ★   कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलता समाधान गर्दैछौँ: गृहमन्त्री ★   दूधको भुक्तानी नपाएको चितवनका किसानको गुनासो ★   प्रधानमन्त्री छोरी उत्थानका लागि विनियोजित बजेटले आम छोरीहरुको अपमान भयो: काँग्रेस सांसद बलायर ★   पोखरामा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय महत्त्वपूर्ण छ : प्रधानमन्त्री ★   बनेपामा ट्राफिक प्रहरीको सामुन्ने यातायात सेवाका कर्मचारीहरुबीच कुटाकुट ★   हारबाट हतोत्साहित हुनुपर्ने अवस्था छैन: सोमपाल कामी ★   मिथिलाञ्चलमा बिहीबार वटसावित्री पर्व मनाइँदै ★   डोटीमा जिप दुर्घटना: दुईजनाको मृत्यु, सात घाइते

तेस्रो लगानी सम्मेलन आजदेखि, ९ खर्बका १५० आयोजना सोकेसमा



काठमाडौं । लामो समयको गृहकार्यपछि तेस्रो लगानाी सम्मेलन आज सुरु हुँदैछ । सम्मेलनका लागि संघ, प्रदेश, स्थानीय तह र निजी क्षेत्रका गरी १ सय ५० वटा परियोजना प्रस्तुत गर्ने तयारी सरकारको छ ।

सम्मेलनमा ५५ देशका १६ यभन्दा बढी लगानीकर्ता सहभागी हुने नेपाल लगानी बोर्डले जनाएको छ । सम्मेलनमा ९ खर्ब रुपैयाँ बराबरका परियोजना प्रस्तुत गरिने भएको छ ।

सम्मेलनका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता आइसकेका छन् । केही लगानीकर्ता आज आउने छन् ।

दुई दिनसम्म चल्ने सम्मेलनमा ६ वटा सत्र सञ्चालन हुने छन् । उर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक, पूर्वाधार तथा व्यापार, स्वास्थ्य र शिक्षालगायतका विविध क्षेत्रका परियोजना रहेको बोर्डले जनाएको छ ।

संघ, प्रदेश र स्थानीय तहका १ सय १९ र निजी क्षेत्रका ३१ परियोजना छन् । लगानी बोर्डको ५८ औं बैठकले तेस्रो लगानी सम्मेलनमा आययपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोज्नेलगायतका सरकारी तथा निजी गरी १ सय ४८ वटा परियोजनाको सूची स्वीकृत गरेको छ ।