२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो लगानी सम्मेलन आजदेखि, ९ खर्बका १५० आयोजना सोकेसमा



अ+ अ-

काठमाडौं । लामो समयको गृहकार्यपछि तेस्रो लगानाी सम्मेलन आज सुरु हुँदैछ । सम्मेलनका लागि संघ, प्रदेश, स्थानीय तह र निजी क्षेत्रका गरी १ सय ५० वटा परियोजना प्रस्तुत गर्ने तयारी सरकारको छ ।

सम्मेलनमा ५५ देशका १६ यभन्दा बढी लगानीकर्ता सहभागी हुने नेपाल लगानी बोर्डले जनाएको छ । सम्मेलनमा ९ खर्ब रुपैयाँ बराबरका परियोजना प्रस्तुत गरिने भएको छ ।

सम्मेलनका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता आइसकेका छन् । केही लगानीकर्ता आज आउने छन् ।

दुई दिनसम्म चल्ने सम्मेलनमा ६ वटा सत्र सञ्चालन हुने छन् । उर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक, पूर्वाधार तथा व्यापार, स्वास्थ्य र शिक्षालगायतका विविध क्षेत्रका परियोजना रहेको बोर्डले जनाएको छ ।

संघ, प्रदेश र स्थानीय तहका १ सय १९ र निजी क्षेत्रका ३१ परियोजना छन् । लगानी बोर्डको ५८ औं बैठकले तेस्रो लगानी सम्मेलनमा आययपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोज्नेलगायतका सरकारी तथा निजी गरी १ सय ४८ वटा परियोजनाको सूची स्वीकृत गरेको छ ।