• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   नेपाली काँग्रेसले आउँदो चुनावमा आजको मूल्य चुकाउँछ: प्रधानमन्त्री दाहाल ★   सभामुखसँग प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुको विकल्प थिएन: मन्त्री गिरी ★   काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो: गृहमन्त्री लामिछाने ★   संसदमा सभामुख पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत भए: काँग्रेस ★   प्रिमियर लिगमा कसले कुन अवार्ड पाए ? ★   बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प ★   पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत ★   सहकारी ठगलाई जोगाउन सरकार संसदीय मूल्य मान्यता मास्न उद्धत भयो: कांग्रेस ★   रइसीको निधनपछि को बन्ला इरानको नयाँ राष्ट्रपति ? ★   बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन

घाइते अवस्थामा बाघ देखापरेपछि वन प्रवेश निषेध



file photo

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बैजनाथ सामुदायिक वन क्षेत्रमा घाइते अवस्थामा बाघ देखापरेपछि वन क्षेत्र प्रवेशमा रोक लगाइएको छ ।

सामुदायिक वनको सलिमा ताल क्षेत्र नजिक बाघ घाइते अवस्थामा देखा परेकाले वन क्षेत्र प्रवेशमा रोक लगाइएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताउनुभयो ।

“घाइते बाघले जुनसुकै बेला पनि आक्रमण गर्नसक्ने भएकाले उपभोक्तालाई वन क्षेत्रमा जान रोक लगाएका हौँ”, उहाँले भन्नुभयो, “बाघ के कति कारणले घाइते भएको हो भन्ने बारे जानकारी हुन सकेको छैन ।” चुरे क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको वन बाघ लगायतका जनावरको बासस्थानका रुपमा रहेको छ ।

शुक्रबार मात्रै सो सामुदायिक वन क्षेत्रसँग जोडिएको भगवती सामुदायिक वनमा घाँस काटन गएका अन्दाजी २८ वर्षीय रवीन्द्र धामीलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो । धामीको टाउको र हातमा गम्भीर चोट लागेपछि उपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा भर्ना गरिएको छ । रासस