१९ आश्विन २०८१, शनिबार
,
Latest
स्थलगत रिपोर्ट : प्राथमिकताका आधारमा सहयोग गर्नुपर्छ बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवामा चालू आर्थिक वर्ष ०७७ / ७८ का लागि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम कार्यान्वयन सुरु



अ+ अ-

रसुवा । रसुवामा चालू आर्थिक वर्ष ०७७ / ७८ का लागि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम कार्यान्वयन सुरु भएको छ । संघीय सांसद्को चार करोड रुपैयाँ जिल्लाका पाँचवटै गाउँपालिकामा बाँडफाँड गरी अहिले कार्यान्वयनको प्रक्रियामा रहेको स्थानीय तहहरूले जनाएका छन् ।

सबै स्थानीय तहमा बाँडफाँड भएका बजेटका कार्यक्रम अहिले कार्यान्वयनको चरणमा रहेको प्रतिनिधिसभा सदस्य मोहन आचार्यका स्वकीय सचिव सुनील पौडेलले बताए । ‘सबै गाउँपालिकामा बजेट गइसकेको छ, उपभोक्ता समिति गठन गरी योजना सम्झौताको चरणमा रहेको छ,’ पौडेलले भने, संसद् विघटन तथा संसद्को कार्यकाल नभएको अवस्थामा पनि बजेट विनियोजित भइसकेपछि काम गर्न सकिने कार्यविधिमा उल्लेख छ । त्यसैले अहिले संसद् विघटन भए पनि यसले कुनै प्रभाव पर्दैन, जुन तोकिएको काम पूरा हुन्छ ।’

उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले कोष तथा लेखा नियन्त्रक कार्यालयबाट गाउँपालिकालाई बजेट आइसकेको हुँदा संसद् विघटनले योजनामा बाधा नपुग्ने बताए । एउटा निर्वाचन क्षेत्र रहेको रसुवामा प्रत्यक्ष निर्वाचित सांसद आचार्यको संयोजकत्वको समितिले पाँचवटै गाउँपालिकामा ४० वटा योजना निर्माण गर्दै छ ।