१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

रसुवामा चालू आर्थिक वर्ष ०७७ / ७८ का लागि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम कार्यान्वयन सुरु

रसुवामा चालू आर्थिक वर्ष ०७७ / ७८ का लागि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम कार्यान्वयन सुरु
अ अ+ अ-

रसुवा । रसुवामा चालू आर्थिक वर्ष ०७७ / ७८ का लागि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम कार्यान्वयन सुरु भएको छ । संघीय सांसद्को चार करोड रुपैयाँ जिल्लाका पाँचवटै गाउँपालिकामा बाँडफाँड गरी अहिले कार्यान्वयनको प्रक्रियामा रहेको स्थानीय तहहरूले जनाएका छन् ।

सबै स्थानीय तहमा बाँडफाँड भएका बजेटका कार्यक्रम अहिले कार्यान्वयनको चरणमा रहेको प्रतिनिधिसभा सदस्य मोहन आचार्यका स्वकीय सचिव सुनील पौडेलले बताए । ‘सबै गाउँपालिकामा बजेट गइसकेको छ, उपभोक्ता समिति गठन गरी योजना सम्झौताको चरणमा रहेको छ,’ पौडेलले भने, संसद् विघटन तथा संसद्को कार्यकाल नभएको अवस्थामा पनि बजेट विनियोजित भइसकेपछि काम गर्न सकिने कार्यविधिमा उल्लेख छ । त्यसैले अहिले संसद् विघटन भए पनि यसले कुनै प्रभाव पर्दैन, जुन तोकिएको काम पूरा हुन्छ ।’

उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्सालले कोष तथा लेखा नियन्त्रक कार्यालयबाट गाउँपालिकालाई बजेट आइसकेको हुँदा संसद् विघटनले योजनामा बाधा नपुग्ने बताए । एउटा निर्वाचन क्षेत्र रहेको रसुवामा प्रत्यक्ष निर्वाचित सांसद आचार्यको संयोजकत्वको समितिले पाँचवटै गाउँपालिकामा ४० वटा योजना निर्माण गर्दै छ ।