काठमाडौ । सरकारले परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीको संयोजकत्वमा बिभिन्न समयमा भएका आन्दोलनका योद्धाहरुको सम्मान र परिचयपत्र व्यबस्थाका गर्न कार्यदल गठन गरेको छ ।
आईतबार साँझ प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बसेको बैठकले विगतका शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्रोह र विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान गर्ने सहिद परिवार, घाइते , बेपत्ता, अंगभंग भएका, लोकतन्त्रका योद्दाहरूको सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न कार्यदल गठन गरेको हो । कार्यदलमा मन्त्री शिबमाया तुम्बाहाफे र मणी थापा सदस्य रहेका छन् ।











