• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा ★   फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

कतारसँगको श्रम सम्झौता पुनरावलोकन गर्न बाँकी रहेकाले अमिरको भ्रमणमा सम्झौता हुन सकेन: राजदुत ढकाल



काठमाडौँ । कतारका लागि नेपालका राजदुत डा.नरेशविक्रम ढकालले कतारसँगको श्रम सम्झौताको पुनरावलोकन गर्ने काम बाँकी रहेकाले अमिरको भ्रमणामा सम्झौता हुन नसकेको बताउनुभएको छ ।

नेपाल र कतारबीचको श्रम सम्झौतामा घरेलु कामदारको विषय प्रवेश भएकाले भ्रमणको क्रममा नयाँ श्रम सम्झौता हुन नसकेको बताउनुभएको हो । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राजदुत ढकालले नेपाल सरकार र कतार सरकारबीच श्रम सम्झौता परिमार्जन गर्ने सहमति रहेको बताउनु भयो । उहाँले कतारले घरेलु श्रमिक लैजानेबारे चासो राखेकाले पनि परिमार्जन हने श्रम सम्झौतालाई एकीकृत रुपमा अगाडि बढाउन आवश्यक भएकाले अहिले श्रम सम्झौता हुन नसकेको बताउनु भयो । श्रम सम्झौता नेपाल कामदारको पक्षमा हुने गरी बनाउनुपर्ने भएकाले पनि तत्काल सम्झौता नभएको उल्लेख गर्नुभयो ।

उहाँले नेपाल र कतारबीच भएको श्रम सम्झौता पुरानो भएको र अहिलेको मूल्यवृद्धिसँग मेल नखाने भएकाले परिमार्जन गर्नुपर्ने माग उठिरहेको बताउनु भयो । उहाँले नेपाल सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरलाइन्सको सेवा बिस्तारका लागि सकारात्मक रहकाले पहल र प्रयास गरिने बताउनु भयो । राजदुत ढकालले कतारका अमिरको नेपाल भ्रमणले कतार नेपालबीच लगानी र सहयोगका ढोकाहरु खुलेको दाबी गर्नुभयो । उहाँले कतारको राजदुतमा आफूलाई पूरा कार्यकाल काम गर्न दिने हो भने बाँकी रहेका काम पूरा गर्न सहज हुने बताउनु भयो । उहाँले मुलुकमा सरकार परिवर्तन भएपनि राजदुतको व्यक्ति भन्दा पनि राजदुत सम्बन्धि स्पष्ट नीति बनाएर पूर्णकालिन रुपमा काम गर्नु दिँदा मात्रै अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि राम्रो हुने बताउनु भयो । उहाँले राजदुतहरुको कार्यसम्पादनको आधारमा सच्याउन सुझाव दिने र मुलुकको अहितमा काम गरे फिर्ता बोलाउने नीति बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले सरकारले कतारसँग गरेका सम्झौताहरु कार्यान्वयनको लागि पनि अमिरको भ्रमणको करिव एक वर्ष कार्यकाल थप्ने र भ्रमण गरेको देशको राजदुत पनि कम्तिमा एक वर्ष परिवर्तन नहोस् भन्ने चाहने दाबी गर्नुभयो । उहाँले यो कुरा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले बुझेकाले तत्काल आफूलाई तत्काल र्फिता नबोलाउने विश्वास दिलाउनु भयो ।