२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना

मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
अ अ+ अ-

गलेश्वर । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा निर्मित ‘भ्युस्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । स्थानीयले श्रमदान, मेला र चन्दाबाट रकम सङ्कलन गरी पर्यटकीय पूर्वाधारसहित निर्माण गरेको उक्त ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा पर्न थालेको हो ।

मच्छिमको डाँडामा भ्यु–स्टेसनसहितका पूर्वाधार निर्माण भएपछि गुरिल्ला पदमार्गमा हिँड्ने र धौलागिरि हिमाल आरोहणका लागि जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा पुगेको छ । पूर्वाधार निर्माण भएसँगै बाह्य पर्यटक आउनेक्रम बढेको स्थानीयले बताएका छन् ।

म्याग्दीको सदरमुकाम बेनीबाट ३४ किलोमिटर पश्चिमको यात्रा गरेपछि यो ठाउँमा पुग्न सकिन्छ । यातायातका साधन अथवा पदमार्गमार्फत पनि पुग्न सकिने यस ठाउँमा मुख्यतः छन्त्याल समुदायको बाहुल्यता छ । छन्त्यालका अतिरिक्त यहाँ गुरुङ, मगर, थकाली, भण्डारी, थापा, क्षेत्री तथा दलित समुदाय गरी करिब एक सय १४ घरधुरीको मिश्रित बसोबास छ ।

गाउँमा पर्यटकीय पूर्वाधार निर्माण गर्न मच्छिमको भूमे युवा क्लब सक्रिय रहेको स्थानीय नगेन्द्र मल्ल ठकुरीले बताउनुभयो । गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजित मेलाबाट सङ्कलन भएको रकमले यहाँ पर्यटकीय पूर्वाधार निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार डाँडामा दृश्यावलोकन स्थल, सार्वजनिक शौचालय र प्रतिक्षालय निर्माण गरिएको छ ।

“मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर भ्युस्टेसनमा पूर्वाधार बनाएका हौँ”, ठकुरीले भन्नुभयो, “पूर्वाधार निर्माणमा श्रमदानबाहेक करिब रु नौ लाख खर्च भएको छ ।” यहाँबाट मच्छिम र छिमेकी गाउँ, नागबेली परेर बगेको म्याग्दी नदी, धवलागिरि, गुर्जालगायत हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यहाँका पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिन सूचनामूलक बोर्ड राखिएको छ ।

गर्मीमा शीतल र चिसोमा घाम ताप्दै दृश्यावलोकन गर्न सकिने स्थानीय ठकुरीले बताउनुभयो । “पानी पर्दा, हावाहुरी चल्दा प्रतिक्षालयमा आश्रय लिन सकिन्छ । शवदाहस्थल, खेलमैदान र खानेपानी आयोजना मर्मत गरिएको छ”, उहाँले भन्नुभयो ।

गाउँपालिकाको केन्द्र मुना जोड्ने मूल सडकमा पर्ने मच्छिमगाउँ ‘गुरिल्ला’ पदमार्गमा पर्दछ । धार्मिक, प्राकृतिक तथा सांस्कृतिक विविधताले मच्छिमबाट धवलागिरि, चुरेन, गुर्जा तथा मानापाथि हिमाल आँखै अगाडि देख्न सकिन्छ ।

गाउँबाट एक किमी पश्चिममा छन्त्यालको टुकटुके र छिनोका माध्यमबाट खनिएको तामा खानी अवलोकन गर्न सकिन्छ । मच्छिम गाउँबाट केहीमाथि डाँडामा छन्त्याल जातिले कुल पूजा गर्ने कुल मन्दिर छ । उक्त मन्दिर परिसरबाट हिमशृङ्खला आँखै अगाडि उभिएको देखिन्छ ।

गाउँको पर्यटन प्रवर्द्धनका लागि स्थानीय युवा सक्रिय भएर पूर्वाधार निर्माणमा जुटेका अगुवा महिला तिला छन्त्यालले बताउनुभयो । उहाँका अनुसार युवाले विविध सांस्कृतिक कार्यक्रम र चन्दा सङ्कलन गरेर हेम नमुना आवासीय मावि काफलडाँडा, मच्छिमको भूमे आधारभूत विद्यालय र फलियागाउँको धनजनता माविलाई शैक्षिक सामग्रीसमेत सहयोग गरेका छन् ।

गाउँका विपन्न तथा आर्थिक अवस्था कमजोर भएकालाई दाल, चामललगायत खाद्यान्न सामग्री सहयोग गर्ने गरेका छन्त्यालले बताउनुभयो । यहाँका युवा फुर्सदका समयमा सामाजिक काम र खेलकुदका गतिविधिमा सहभागी हुँदै आएका उहाँको भनाइ छ । रासस