२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना

ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन

ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन
अ अ+ अ-

काठमाडौँ । विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लवले शनिवार ललितपुर मेयर कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

शनिवार सुदूरपश्चिम प्रदेशमाथि दुई रनको रोमाञ्चक जित निकाल्दै एपिएफ च्याम्पियन भएको हो । एपिएफ पहिलोदेखि चौथो संस्करणसम्म च्याम्पियन भयो । कुल पाँच टोली सहभागी प्रतियोगिताको लिगमा पनि एपिएफले सुदूरपश्चिमलाई हराएको थियो । फाइनल निकै प्रतिष्पर्धात्मक भए पनि सुदूरपश्चिमले जित निकाल्न भने सकेन । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपिएफले दिएको एक सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५३ रन मात्र जोड्न सक्यो ।

खराब शुरुवात बाबजुद सुदूरपश्चिमका लागि कविता जोशी र लक्ष्मी साउदले शतकीय साझेदारी गर्दै जित आशा देखाए । ६.४ ओभरमा सुदूरपश्चिम ४९÷५ को अवस्थामा थियो । तर, कविता र लक्ष्मीले छैटौं विकेटका लागि १०४ रनको साझेदारी गरे । तर अन्तिम ओभरमा पाँच रन बनाउन असफल हुँदा सुदूरपश्चिमले हार व्यहो¥यो । कविता ६७ रन र लक्ष्मी २९ रनमा अविजित रहे । आक्रामक ब्याटिङ गरेकी कविताले ४५ बलमा सात चौका र ३ छक्का प्रहार गरे । सुस्त खेलेकी लक्ष्मीले ३५ बलमा दुई चौका हिर्काइन् ।

त्यसअघि कप्तान विन्दु रावल १९, सम्झना खड्का १० र साबित्री धामीले १२ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपिएफको बलिङमा करुणा भण्डारीले दुई र सुमन बिष्टले एक विकेट लिए । करुणाबाहेक सबै बलर महँगा रहे पनि एपिएफले लक्ष्य पूरा गर्न दिएन । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित ओभरमा चार विकेट गुमाउँदै १५५ रन जोड्यो । एपिएफका ओपनरद्वय राजमति ऐरी र सीता रानामगरले अर्धशतक बनाउँदै राम्रो योगफलतर्पm अग्रसर गराए । राजमति ५० रन र कप्तान सीता ७४ रनमा आउट भए ।

यी दुईबीच पहिलो विकेटका लागि ९१ रनको साझेदारी बन्यो । राजमतीले ४६ बलमा सात चौका हिर्काइन् । ५५ बल खेलेकी सीताको इनिङमा सात चौका रह्यो । इनिङको अन्त्यसम्म ब्याटिङ गर्दै सीताले राम्रो स्थितिमा पु¥याएकी हुन् । ममता चौधरी १० रनमा नटआउट रहिन् । यी तीनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमको बलिङमा ऋतु कनोजिया, बिन्दु रावल र राधिका पुजराले समान एक विकेट लिए ।

लिगमा अपराजित एपिएफ पहिलो र सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकी कप्तान सीता रानामगर घोषित भइन् । उत्कृष्ट ब्याटर सुदूरपश्चिमकी सम्झना खड्का र उत्कृष्ट बलर ललितपुर मेयर्स–११ की कृतिका मरासिनी घोषित भए । सिंगल राउण्ड रोबिनका आधारमा भएको प्रतियोगितामा ललितपुर मेयर्स, कोसी प्रदेश र बागमती क्रमशः तेस्रोदेखि पाँचौं स्थानमा रहे । यी तीनैले समान एक खेल जितेका थिए ।