४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सुन्तला मासिँदा किसान चिन्तित

सुन्तला मासिँदा किसान चिन्तित
अ+ अ-

इलाम । सुन्तलामा अज्ञात रोगले आक्रमण गरेपछि किसान अन्योलमा परेका छन् । रोग देखा परेपछि उपचार विधि पत्ता नलाग्दा कतिपय किसानले वैकल्पिक खेती गर्न थालेका छन् । विगतका वर्षदेखि नै रोगले आक्रमण गरे पनि यस वर्ष भने उत्पादन आधा घटाएको छ ।

फल लाग्ने बेलामा रुख नै पहेलो हुने, फल पाक्ने समय नभई पहेँलो हुनेजस्ता समस्याले सुन्तला उत्पादनमा हस आएको छ । व्यावसायिकरुपमा सुन्तला खेती गर्दै आएका किसान यसको ठूलो मारमा परेका छन् । आम्दानीको मुख्य स्रोतमै रोगले आक्रमण गरेपछि आउँदा वर्षमा वैकल्पिक खेतीको तयारीमा रहेको इलाम नगरपालिकास्थित महभिरका किसान उमेश महत बताउनुहुन्छ । 

“कतै औषधि छैन भनिन्छ सुन्तलामा रोग देखिएको छ । उपचारविधि छैन” महतले भन्नुभयो,“सुन्तलाको स्थानीय(पुरानो) जातमा बढी रोग देखा परेको छ ।” बीउबाट घरमै उत्पादन गरिएको सुन्तलालाई स्थानीय प्रजातिको सुन्तला भनिन्छ । जुन रैथाने जात हो । यसको अलवा यहाँ अरू सुन्तलासँग ‘क्रस’ गराइएको जातको सुन्तलासमेत खेती गरिन्छ । यो जातको सुन्तलामा रैथाने जातमा भन्दा कम रोग देखिएको किसानको भनाइ छ ।
 
यस्ता रोगका कारण महतको यस वर्षको सुन्तला उत्पादनमा हस आएको छ । छ सय बोट सुन्तला लगाइएकामा चार सय बोट सुन्तलाबाट मात्रै आम्दानी लिँदै आएको महतको भनाइ छ । “अर्को वर्ष यही बोट पनि मर्छन् । वर्षेनी रोग देखा परिरहेको छ ।” जिल्लाका सबै क्षेत्रमा सुन्तलामा रोग देखिएको छ । शुरुआती समयमा औल र बेँसी क्षेत्रमा देखिएको रोग विस्तारै माथिल्लो क्षेत्रमा उक्लिएको छ ।

दश वर्षदेखि यो रोग देखा परे पनि कुनै क्षेत्रबाट चासो नदिँदा सुन्तला सखाप हुँदै गएको माइजोगमाई गाउँपालिकास्थित नाम्सालिङका किसान एवं सुन्तला व्यवसायी पदम राई बताउनुहुन्छ । उहाँका अनुसार वर्षेनि रोगले सुन्तलाको उत्पादनमा २० प्रतिशतले घट्दै छ । राईका अनुसार रोगबाट बचाउनका लागि घरायसी उपचार गर्दासमेत कम भएको छैन । “जरा खनेर चुना लगाउने, विभिन्न कीरा मार्ने भिटामिन लगाउने गर्दा पनि रोग निको हुँदैन ।” 

गएको वर्ष राईले रु २२ देखि २५ लाखको सुन्तला कारोवार गरेकामा यस वर्ष घटेर रु १० देखि १२ लाखमा पुग्ने अनुमान छ । सबै बगानको पुरानो बोट बिगिद्रै गएकाले उत्पादनमा हस आएको हो । पात कुहिने रोगसँगै केही किसानको बगानमा जरा कुइने रोगले समेत सुन्तलालाई गाँजेको छ । एउटा रोगको चपेटामा परेको सुन्तलालाई बचाउन हम्मेहम्मे परेका बेला अर्को रोग थपिँदा किसानले सुन्तला मास्न थालेका छन् ।
 
अपेक्षाकृत फाइदा नहुँदा वैकल्पिक खेती(अलैँची, अदुवा) लगाउन थालेका छन् । आफ्नो बारीमा यी दुवै रोग देखा परेकाले वैकल्पिक खेती थालेको इलाम नगरपालिकास्थित मान्द्रेनीका किसान सामवेद चापागाईं बताउनुहुन्छ । बोट सुक्दै जाने अनि खोतल्दा जरा नै सुकेको अवस्था फेला पर्ने गरेको चापागाईंको भनाइ छ । सरकारी क्षेत्रमा गुहार्दा समेत चासो नदिएपछि सुन्तला खेती नै न्यूनीकरण गर्न लागेको चापागाईंको दुखेसो छ । 

“रोगका बारेमा जिल्ला कृषि ज्ञान केन्द्रमा धेरै चोटी भन्न गएँ । केही औषधि पाइएन । माटो परीक्षण गर्ने भनेर लानु भो । त्यसको नतीजा पनि अहिलेसम्म आएन ।” चापागाईंले भन्नुभयो,“आफैँ बरु जरा खोतलेर सुकेको जरा फ्याँक्ने काम गर्छु । यसले गर्दा रोग फैलिन पाएको छैन ।” चापागाईंले सुन्तलाको रोगको बारे जानकारी गराउन पटकपटक कृषि ज्ञान केन्द्र धाएको बताउनुभयो । यो रोगले बढी चिसो र बढी गर्मी क्षेत्रको सुन्तलालाई भेटको उहाँको भनाइ छ । 

शुरुआती समयदेखि नै प्राङ्गरिक खेती गर्दै आउनुभएका चापागाईंले अघिल्लो वर्ष कृषि क्षेत्रीय निर्देशनालय धनकुटाको विज्ञको समूहसँग परामर्शपछि रोग हटाउन रासायनिक मल प्रयोग गर्न थालेको बताउनुभयो । जिल्लाको कृषि क्षेत्र हेर्ने ज्ञान केन्द्रले ढुसी भन्दै माटो परीक्षण नगरिदिँदा रोग फलँदो क्रममा रहेको उहाँले सुनाउनुभयो । यता कृषि ज्ञान केन्द्रले भने जिल्लाको सबै क्षेत्रमा पात पहेँलिने रोग भने देखा परेको बताएको छ । शुरुआती वर्षमा जिल्लाको नाम्सालिङ, सलकपुर र महभीर क्षेत्रमा बढी देखिएको केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार यी रोगको उपचार पद्दति हालसम्म कसैलाई पनि थाहा छैन । रोगको नामाकरण समेत नभएकाले केन्द्रसमेत अनभिज्ञ रहेको छ । पुरानो सुन्तलाको बोट हटाएर नयाँ बोट लाउन सके रोग कम हुन सक्ने अनुमान केन्द्रको छ । यी रोग जिल्ला बाहिरसमेत देखा परेका छन् । यसैले जिल्लामा उत्पादित रोग होइन । सम्बन्धित क्षेत्रको माटो परीक्षण गरेर सुन्तलाका लागि आवश्यक भिटामिनयुक्त क्षेत्रमा खेती गर्न किसानलाई आह्वान गरेको छ । यसका लागि बाली बीमा गरेकामा पनि क्षति कम हुने केन्द्रका प्रसार अधिकृत रुजन खड्काले बताउनुभयो । विभिन्न भाइरसको आक्रमणले रोग देखापर्ने भएकाले हाँगा, जरामा राम्ररी गोडमेल गर्नुपर्ने, माटोका अम्लियपन चेक गर्नुपर्ने खड्काले बताउनुभयो । 

पुरानो विरुवालाई हटाएर क्रसको माध्यमबाट उत्पादित बिरुवा लगाउनुपर्ने, लामो समय एउटै बिरुवालाई बगानमा राख्न नहुनेलगायतका प्रावधान कृषि केन्द्रले जानकारी गराएको छ । किसानले सुन्तलासम्बन्धी प्राथमिक विषयवस्तुबारे थाहा पाउँदा मात्र रोग कम अनुमान ज्ञान केन्द्रको छ । “बोट बुढो हुँदै जाँदा जरा कमजोर हुँदै जान्छ । यसैले नयाँनयाँ बिरुवा लगाउँदै जानुपर्छ ।” 

कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले भन्नुभयो,“मलखाद प्रविधिमा पनि विशेष ध्यान जानुपर्छ । यस्ता प्रावधान पुर्याउन सकेमा रोग केही कम हुनसक्छ ।” केन्द्रका अनुसार प्रत्येक वर्ष माटो परीक्षण हुने गरेको छ । विगतका वर्षमा समेत विभिन्न स्थानीय तहमा माटो परीक्षण गरिएको थियो । एकै किसिमको खेती गर्दै जाँदासमेत माटो कमजोर हुँदै जाने सम्भावना हुन्छ । समयसमयमा माटो परीक्षण गर्ने र बीउका बारेमा प्रष्ट बुझेर मात्र खेती गर्दा उत्पादनमा उल्लेखनीयरुपमा वृद्धि हुने देखिन्छ । किरण पौड्याल/रासस