११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

काँग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो: उपप्रधानमन्त्री लामिछाने

काँग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो: उपप्रधानमन्त्री लामिछाने
अ अ+ अ-

इलाम । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले काँग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा नदिने जिकिर गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका उहाँले सहकारीहरु पीडितहरुको समस्या समाधान गर्न भने आफू तयार रहेको दोहोर्‍याउनु भयो । बुधवार इलाममा आयोजित चुनावी सभामा बोल्दै उपप्रधानमन्त्री लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणका भ्रष्टमाथि कारबाही गर्न नसक्ने काँग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा दिनुपर्ने अवस्था नरहेको बताउनु भयो ।

उहाँले आफूहरु सहकारी पीडितहरुको समस्या समाधानका लागि सरकारमा गएको र त्यो समस्या समाधान गर्न तयार रहेको बताउनु भयो । उपप्रधानमन्त्री लामिछानेले काँग्रेसले आफूलाई गलत देखाउन सहकारी गठी प्रकरणलाई उचालेको आरोप समेत लगाउनु भयो । काँग्रेसले सहकारी पीडितको समस्या भने समाधान गर्न नचाहेको उहाँको जिकिर थियो ।

उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो, ‘के मैले काँग्रेसले भनेर राजीनामा दिनुपर्ने । काँग्रेस, जो नेपाली जनतालाई नक्कली भूटानी बनाएर बेचेको आरोपमा जेल गएर आयो, उसलाई केन्द्रिय नेताबाट निकाल्न सक्दैन । अनि उसले भनेर मैले राजीनामा दिने ? मेरो पार्टीमा त ईतिहास छ । प्रमाणित भएको पनि होइन । त्यो अडियो मेरै हो भनेर सांसदले स्वीकार गरिसके त्यसको ७२ घण्टामा कारबाही गर्ने पार्टी सभापति हुँ म । हेक्का रहोस् । म भ्रष्टहरुलाई वरपर लिएर बसेर फ्रन्ट रोमा बसेर अख्तियारमा झण्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन । हाम्रो पार्टीमा त्यस्तो चल्दैन । प्रहरीले अनुसन्धान गर्छ । अनुसन्धान गराए उनीहरुले । आफ्नो सरकार थियो । प्रहरीलाई अनुसन्धान गराए । उनीहरुलाई सहकारी पीडितको पीर थिएन । सहकारी पीडितहरुको पैसा फिर्ता गराउने उनीहरुको उद्देश्य थिएन । उनीहरुलाई रवि लामिछाने गलत देखाउनु थियो । रास्वपालाई घेर्नु थियो । त्यसकारण उनीहरुले केही पनि काम गरेनन् । हामीले प्रतिवेदन बनायाै। अहिलेसम्म भएका गलत क्रियाकलापहरु के के हुन ? कसका कारणले आज सहकारीहरु बदनाम भए, आज कसेका कारणले यतिका मान्छेको लगानी डुब्यो ? गरिव नेपालीको पैसा कहाँ डुब्यो ? त्यसको समाधानको उपाय के हो ? भनेर समाधानको उपाय खोज्न हामी गयौं । हामीले प्रधानमन्त्रीलाई समाधानका उपाय समेत हस्तान्तरण गर्‍यौं । हामी तयार थियौं, छांै ।’

उपप्रधानमन्त्री लामिछानेले विगतमा पुराना पार्टीहरुलाई मत दिएकाले देशको अवस्था बेहाल भएको पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल