२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भयो :- कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भएको बताएका छन् ।

अठार वर्षको अनुभवबाट प्रमाणित तितो सत्य स्विकार्न हिनताबोध गर्न नहुने भन्दै थापाले असफल भएको गणतन्त्र लुटतन्त्रमा परिणत भएको समेत टिप्पणी गरे ।

आज पार्टीको काठमाडौं -८ क्षेत्रीय समितिले नरदेबिमा आयोजित कार्यक्रममा बोल्दै थापाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हुने भन्दै नेपालको भूराजनीतिक अवस्था र सामाजिक साँस्कृतिक परिवेशमा उन्नत लोकतन्त्र भनेको राजसंस्थासहितको लोकतन्त्र भएको समेत टिप्पणी गरे।

धर्म,संस्कृती र पहिचान रक्षाको निमित्त काठमाडौंबासी एकपटक जुरुक्क उठ्नुपर्ने समय आएको भन्दै थापाले मनपरितन्त्र र लुटतन्त्रको अन्त्यको लागि आन्दोलनको आबश्यकतामा समेत उनले जोड दिए । काठमाडौं -८ को क्षेत्रीय कार्यालयको उद्घाटन समेत गरेका अध्यक्ष थापाले विभिन्न ब्यक्तिहरुलाई पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा पार्टीका नेताहरु राजाराम बर्तौला,यबती कार्की , हिक्मतजङ्ग भण्डारी,यबती कार्की,सुनिता कुरुङ्गवाङ,श्याम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।