१ आश्विन २०८३, बिहीबार
,
Latest
जलवायु क्षतिको दाबी गर्न ‘वैज्ञानिक तथ्यांक’ बलियो बनाउन जरुरी छः सांसद रेग्मी राष्ट्रपति पौडेलसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस ‘विपद्को सामाजिक–आर्थिक प्रभाव’ विषयमा अर्याललाई विद्यावारिधि ‘लस एण्ड ड्यामेज’को दाबी बलियो बनाउन वैज्ञानिक प्रमाणमा लगानी बढाउनुपर्छ : सांसद कार्की मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा समावेशीता छुटेको छैनः कानूनमन्त्री गौतम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग नेपाल–साउदी स्वास्थ्य सहकार्य विस्तारमा जोड, भोटेकोशी बाढीप्रति साउदीको ऐक्यबद्धता बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा भोटेकोसी बाढी: संसदीय विशेष समिति गठन गर्ने विषयमा प्रारम्भिक छलफल जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौन अवधिलाई मनि अवधिको रुपमा प्रयोग नहोस्: रवि लामिछाने



अ+ अ-

ईलाम । रास्वपाका सभापति रवि लामिछानेले आफू नेतृत्वको दल खास जाति, वर्ग र समुदायको पहिचानको पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ।

आज इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपाले जाति, धर्म र समुदायको नाममा राजनीति नगर्ने भन्दै आफूहरु बहुपहिचानको पक्षमा रहेको स्पष्ट पार्नुभएको हो। ‘बरु चुनाव हारौंला तर गलत प्रवृत्तिलाई प्रोत्साहित गर्ने राजनीति गर्दैनौं। बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा एकल पहिचानले हित गर्दैन’ उहाँले भन्नुभयो। रास्वपाले सबैभन्दा बढी पहिचानको मुद्दालाई व्यवहारमा उतारेको उहाँको भनाइ थियो।

उपप्रधान एवं गृहमन्त्रीसमेत रहनुभएका लामिछानेले आचार संहिता अक्षरश पालना गराउन सुरक्षा निकायलाई दिर्नेशन दिँदै मौन अवधिमा आर्थिक चलखेल नगर्न दल र उम्मेदवारलाई चेतावनी पनि दिनुभयो। १५ वैशाखमा हुने उपनिर्वाचनका लागि आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ। ‘मौन अवधि भनेको मनि (पैसा) अवधि भएको कुरा तपाईहरुले सुन्नुभएको छ होला’, गृहमन्त्री लामिछानेले चेतावनी दिँदै भन्नुभयो, ‘खबरदार, इलाम र बझाङमा मौन अवधिलाई मनि अवधिको रुपमा प्रयोग नगरोस्।’

आचार संहिता उलंघन गर्नेलाई कानूनको दायरामा ल्याएरै छोड्ने उहाँको दृढता थियो। लामिछानेले काठमाडौं, चितवन र तनहुँमा जस्तै इलामबासीले पनि जोडदार रुपमा घण्टी बजाउने विश्वासका साथ आग्रह गर्नुभयो, ‘यथास्थिति रोज्ने कि परिवर्तन विवेकपूर्ण निर्णय गर्नुहोला।’