२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ इरफान पठानले टी–२० विश्वकपका लागि छानेको भारतको १५ सदस्यीय टोली



अ+ अ-

एजेन्सी । अहिले इन्डियन प्रिमियर लिग (आईपीएल)को क्रेज छ । विश्वको सबैभन्दा ठूलो फ्रेन्चाइज टी–२० लिगमा थप रोमाञ्चक खेलहरू हुँदैछन् । तर, यसैबीच २०२४ को टी–२० विश्वकप पनि चर्चामा छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले केही दिनमा जूनमा हुने टी–२० विश्वकपका लागि टीम इण्डियाको घोषणा गर्नेछ ।

यसैबीच, पूर्व भारतीय अलराउन्डर इरफान पठानले २०२४ को टी–२० विश्वकपका लागि भारतको १५ सदस्यीय टोली छनोट गरेका छन् । इरफानले यस टोलीमा धेरै अचम्मका नामहरू चयन गरेका छन् ।

इरफानले टी–२० विश्वकपका लागि निकै बलियो टोली छनोट गरेका छन् । उनले एक शर्तमा हार्दिक पाण्ड्यालाई यो टोलीमा स्थान दिएका छन् । इरफानले भने कि यदि हार्दिकले लगातार बलिङ गर्छन् भने उनले टी–२० विश्वकप टिममा स्थान पाउनु पर्छ । यसको मतलब इरफान हार्दिकलाई ब्याट्सम्यानको रुपमा खेल्ने पक्षमा छैनन् ।

इरफानले आफ्नो टिममा विराट कोहलीलाई पनि स्थान दिएका छन् । यसबाहेक उनले आईपीएल २०२४ मा ठूला छक्का प्रहार गर्ने शिवम दुबेलाई पनि टोलीमा समावेश गरेका छन् । फास्ट बलिङमा इरफानले जसप्रित बुमराह, अर्शदीप सिंह र मोहम्मद सिराजमा दाउ लगाएका छन् । इरफानले शुभमन गिल र सञ्जु सामसनमध्ये एक रोज्ने विकल्प दिएका छन् ।

२०२४ को टी–२० विश्वकपका लागि इरफान पठानको १५ सदस्यीय टोली – रोहित शर्मा (कप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), शिवम दुबे, हार्दिक पाण्ड्या (बलिङमा), रिंकु सिंह, रविन्द्र जडेजा, कुलदीप यादव, जसप्रित बुमराह, अर्शदीप सिंह, मोहम्मद सिराज, शुभमन गिल/सञ्जु सामसन, रवि विश्नोई/युजवेन्द्र चहल ।