• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

माओवादी केन्द्रका उप महासचिव हरिवोल गजुरेल भन्छन्– सुहाङ्गले जिती सके



इलाम । नेकपा माओवादी केन्द्रका उप महासचिव हरिवोल गजुरेल वामपन्थीहरूको एकतालाई नयाँ शिराबाट उठाउन सुहाङ्ग नेम्बाङ्गलाई इलाबाट जिताउनु पर्ने बताए ।

नेकपा एमाले इलामले आयोजना गरेको चुनावी सभामा बोल्दै गजुरेलले नयाँ शिराबाट वामपन्थीहरूको एकताका लागि इलामले सन्देश दिनु पर्ने बताए । उनले २०७४को निर्वाचनमा वामपन्थीहरू गठबन्धन भएको र पछि गठबन्धन टुटेका कारण धेरै पिडाहरू भएको बताए । हामी इतिहासबाट पाठ सिकेर फेरी एक भएर आएका छौ । वामपन्थीको हाम्रो एकताको सन्देश दिन सुहाङ्गलाई जिताउनु पर्छ ।

उनले इलाम वामपन्थीहरूको किल्ला भएको दाबी गर्दै बापन्थीहरुको किल्लाबाट एकताको सन्देश दिन आवश्यक रहेको बताए । चुनावी सभामा सुभाष नेम्बाङ्गको योगदानको चर्चा गर्दै सहाङ्ग नेम्बाङ्गको जीत भइसकेको बताए ।

उनले भने अत्यधिक बहुमतले जिताएर बामपन्थीहरुको एकताको सन्देश राष्ट्रलाई दिनु पर्छ । हिजो को को बाटा गल्ती भयो रु कमजोरीहरू के के भए केलाउँला रु तर अहिले सबै कुरा बिर्सिएर नेपालमा मात्रै होइन विश्वभर वामपन्थी एकताको सन्देश दिनुपर्छ ।