९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

डिजिटल नेपाल फ्रेमवर्कलाई सफल र प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने–सञ्चार मन्त्री पार्वत गुरुङ

डिजिटल नेपाल फ्रेमवर्कलाई सफल र प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने–सञ्चार मन्त्री पार्वत गुरुङ
अ अ+ अ-

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल र प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।  सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले नेपाललाई विकसित र शक्तिशाली राष्ट्रसँग प्रतिस्पर्धा गरेर अघि बढाउनुपर्ने भएकाले पनि डिजिटल नेपाल फ्रेमवर्कलाई सफल र प्रभावकारी ढंगले अघि बढाउनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो ।

उहाँले डिजिटल नेपाल फ्रेमवर्क रुपान्तरणकारी कार्यक्रम भएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने गरी सरकारलाई सहयोग गर्न सरोकारवाला निकायलाई आग्रह गर्नु भयो । “सूचना र प्रविधिको क्षेत्रमा पनि विकसित र शक्तिशाली राष्ट्रहरुसँग प्रतिस्पर्धा गरेर अघि बढनुुको विकल्प छैन” सोमबार मन्त्रालयले आयोजना गरेको डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भन्नु भयो,“सूचना र प्रविधिको विकासका लागि सरकारलाई सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह गर्दछु ।” 

मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल बनाउन सरोकारवाला निकायसँगको सहकार्यमा जोड दिने नीति लिएको पनि स्पष्ट पार्नु भयो । सरकारले सूचना र प्रविधि क्षेत्रको विकासका लागि अन्तराष्ट्रिय स्तरको ‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिँदै उहाँले त्यसका लागि पनि उपयुक्त वातावरण बनाई दिने काममा सरकारलाई सहयोग गर्न विज्ञहरुलाई अनुरोध गर्नु भयो ।

मन्त्री गुरुङले एप लञ्च गर्ने नाममा बजेट मात्रै खर्च गर्ने पक्षमा सरकार नरहेको पनि पटक पटक दोहो¥याउनु भयो । उहाँले विज्ञहरुको राय, सुझावलाई ग्रहण गरेर सूचना प्रविधिको विकासको कामलाई तीव्रता दिन मन्त्रालयले विज्ञहरुको रोष्टर बनाउने कामलाई अन्तिम चरणमा पुु¥याएको पनि स्मरण गराउनु भयो । 

कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयको कामलाई प्रभावकारी बनाउन सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढन मन्त्रालय तयार रहेको बताउनु भएको थियो भने विज्ञहरुले सूचना प्रविधिको विकासका लागि कानुनी, नीतिगत र लगानीमैंत्री वातावरण निर्माण गरिदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराउनु भएको थियो ।