११ पुष २०८१, बिहीबार
,
Latest
राष्ट्रियसभाले बिजनेस पाउन सकेनः अध्यक्ष दाहाल उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण पुष्पाः २ टिमले भागदौडमा ज्यान गुमाएका परिवारलाई २ करोड दिने सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार जब कोहलीले ब्रेकफास्टपछि नेपाली शेफसँग फोटो खिचाए क्रिसमसको शुभकामनामा पनामा नहर, क्यानाडा र ग्रिनल्यान्ड अधिग्रहण गर्ने ट्रम्पको आह्वान दोहोरियो खैरहनी महोत्सवमा महको प्रवर्द्धन गरिँदै बाहिर गएका जनशक्ति फर्काउने विषयमा सम्मेलन प्रभावकारी बन्नेछः स्वास्थ्यमन्त्री स्थानीय तहका विपद् जोखिम न्युनिकरण सम्बन्धी संरचना बलियो बनाउनुपर्छः गृहमन्त्री लेखक तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः दिल्लीसँगको हारको बदला लिने दाउमा गुजरात



अ+ अ-

काठमाडौँ । आईपीएल २०२४ को ४० औं खेलमा आज दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सको सामना गर्दैछ । खेल साँझ ७ः४५ बजेदेखि दिल्लीको घरेलु मैदान अरुण जेटली स्टेडियममा हुनेछ ।

दुबै टोली जारी सिजनमा दोस्रो पटक आमने सामने हुनेछन् । पछिल्लो पटक दिल्ली ६ विकेटले विजयी भएको थियो ।

आज दुवै टोलीको यो सिजनको नवौं खेल हुनेछ । दिल्ली ८ मध्ये ३ खेल जितेर ६ अंकसहित अंक तालिकाको आठौं स्थानमा छ । अर्कोतर्फ गुजरात ८ अंकसहित ४ मा जित हात पार्दै छैटौं स्थानमा छ ।

आईपीएलमा दिल्ली र गुजरातबीच ४ वटा खेल भएका छन् । दुबैले २–२ खेल जितेका छन् । दुई टोलीबीचको अन्तिम खेल निकै रोमाञ्चक रह्यो । जहाँ दिल्लीले गुजरातलाई १७.३ ओभरमा ८९ रनमा अलआउट गरेको थियो। यो खेल दिल्लीले ८.५ ओभरमा ६ विकेटले जितेको थियो ।

दिल्लीले सिजनका पाँच खेलमा हार बेहोरेको छ । पञ्जाब, राजस्थान, कोलकाता, मुम्बई र हैदरावादसँग उसले पराजय बेहोरेको थियो । यस्तै, दिल्लीले चेन्नई, लखनउ र गुजरातलाई पराजित गर्यो ।

दिल्लीका लागि कप्तान ऋषभ पन्तले सर्वाधिक रन बनाएका छन् । उनले ८ खेलमा २५४ रन बनाएका छन् । उनीबाहेक ट्रिस्टन स्टब्स १९९ रन बनाएर दोस्रो स्थानमा छन् । बलरमध्ये कुलदीप यादव र खलिल अहमद दुवैको नाममा १०–१० विकेट छन् । तर, राम्रो इकोनोमी रेटका साथ कुलदीप टोलीका शीर्ष विकेट लिने खेलाडी हुन् ।

सन् २०२२ को च्याम्पियन गुजरात टाइटन्सले यो सिजन ४ खेलमा जित निकालेको छ । गुजरातले मुम्बई, हैदरावाद, राजस्थान र पञ्जाबविरुद्ध यी चार खेलमा जित हात पारेको छ । यस्तै, गुजरात चेन्नई, पञ्जाब, लखनउ र दिल्लीसँग पराजित भएको थियो । टोलीले आज फेरि दिल्लीसँग खेल्दैछ ।

कप्तान शुभमन गिल र बायाँ हाते ब्याट्सम्यान साई सुदर्शन उत्कृष्ट लयमा छन् । दुवैले २५० भन्दा बढी रन बनाएका छन् । कप्तान गिलले सर्वाधिक २९८ रन बनाएका छन् । यस अवधिमा गिलले दुई अर्धशतक पनि बनाए । गिल सिजनका उत्कृष्ट १० स्कोररको सूचीमा पनि छैटौं स्थानमा छन् । बलिङमा फास्ट बलर मोहित शर्मा १० विकेट लिएर शीर्ष स्थानमा छन् । स्पिनर राशिद खान ८ विकेट लिएर दोस्रो स्थानमा छन् ।

दिल्लीको अरुण जेटली स्टेडियममा आईपीएलमा अहिलेसम्म जम्मा ८५ खेल खेलिएको छ । जसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले ३८ खेल जितेको छ भने दोस्रो ब्याटिङ गर्ने टोलीले ४६ खेल जितेको छ । एक खेल अनिर्णित रह्यो ।