६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लण्डन डर्बी’मा चेल्सीमाथि आर्सनलको एकतर्फि जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि होड रोमाञ्चक बनिरहेको अवस्थामा आर्सनलले शहरी प्रतीद्वन्द्वी चेल्सीविरुद्ध सानदार जित निकालेको छ ।

भर्खरै सम्पन्न ‘लण्डन डर्बी’मा आर्सनलले चेल्सीलाई ५–० गोलले हरायो । घरेलु मैदान इमिरेट्समा आर्सनललाई फराकिलो जित दिलाउन बेन ह्वाइट र काई हाभेट्र्जले २–२ तथा लियान्ड्रो ट्रोसार्डले १ गोल गरे । खेलको चौंथो मिनेटमा नै आर्सनलले ट्रोसार्डको गोलबाट अग्रता लिएको थियो । डेक्लान राइसले दिएको पासमा उनले सुन्दर गोल गरे ।

एकतर्फि बनेको खेलको दोस्रो हाफमा आर्सनलले चेल्सीमाथि थप चार गोल गर्यो । ५२ औं मिनेटमा राइसले प्रहार गरेको बल रिबाउन्स आउँदा मार्कमा रहेका ह्वाइटले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे ।

५७ औं मिनेटमा कप्तान मार्टिन ओडेगार्डले सेन्टर बाट दिएको पासमा हाभेट्र्जले चेल्सीका डिफेन्डर कुकुरेलालाई बिट गर्दै गोल गरे । आर्सनल ३–० ले अघि बढ्यो । हाभेट्र्जले ६५ औं मिनेटमा टोलीका लागि चौंथो तथा व्यक्तिगत दोस्रो गोल गरे । बुकायो साकाले दिएको पासमा चेल्सीका २ डिफेन्डरलाई बिट गर्दै उनले बललाई जाली चुमाए ।

यस्तै, ७० औं मिनेटमा ह्वाइटले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल थपे । ओडेगार्डले उपलब्ध गराएको पासमा उनले वान टचमै गोल गरे । चेल्सीका गोलकिपर डोर्डे पेट्रोभिचले बल सेभ गर्ने कुनै अवसर नै पाएनन् ।

खेलको अन्तिम समयमा आर्सनलले थप एक गोल गर्ने अवसर गुमायो । बैकल्पिक खेलाडी गाब्रियल मार्टिनेलीेले चेल्सीका किपरसँग वान टु वानमा गोल गर्न चुके ।

जितसँगै आर्सनल ३४ खेलबाट ७७ अंकसहित तालिकाको शीर्षस्थानमा छ । एक खेल कम खेलेको लिभरपुल ७४ अंकसहित दोस्रो स्थानमा रहँदा २ खेल कम खेलेको म्यान्चेस्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा छ । पराजित चेल्सी ३२ खेलबाट ४७ अंकका साथ नवौं स्थानमा छ ।