• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक रेडियोको विकासमा प्रधानमन्त्रीको प्रतिबद्धता ★   क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम ★   लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ ★   सामाजिक सञ्जालका आज भाइरल दुई तस्बिर ★   कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज ★   जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै ★   कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै ★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति

लोकतन्त्रलाई बलियो बनाउन हरेकले आ–आफ्नो भुमिकालाई परिस्कृत गर्नुपर्छ: एमाले सचेतक बराल



काठमाडौँ । नेकपा (एमाले) की सचेतक सुनिता बरालले लोकतन्त्रलाई बलियो बनाउन हरेकले आफ्नो भुमिका थप परिस्कृति बनाउन जरुरी रहेको बताउनुभएको छ ।

लोकतन्त्र दिवसको अवसर पारेर मंगलवार काठमाडौंमा आयोजित ‘लोकतान्त्रिक प्रणाली नीति, नेतृत्व र नैतिकता’ विषय छलफल कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दल र नागरिक समाजले लोकतन्त्रलाई बलियो बनाउनका लागि आफ्नो भुमिका थप परिस्कृत बनाउनुपर्ने बताउनुभएको हो ।

सचेतक बरालले लोकतन्त्रलाई बलियो बनाउने गरी राजनीतिक नेतृत्व र त्यसको नैतिकताको विषयमा पनि खबरदारी गर्ने कुरालाई निरन्तरता दिनुपर्ने धारणा समेत राख्नुभयो । उहाँले हालसम्म प्राप्त अनुभव र अनुभुतिका विषयलाई आत्मसात गरेर अघि बढ्नसके समृद्ध नेपाल: सु:खी नेपालीको राष्ट्रिय संकल्प पूरा हुन कुनैपनि समस्या नहुने विश्वास व्यक्त गर्नुभयो । सचेतक बरालले एउटा सांसदको हैसियतले आफूले लोकतन्त्रको सुदृढीकरणका लागि इमान्दार ढंगले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘लोकतन्त्रलाई बलियो बनाउनका लागि तपाई, हाम्रो भुमिकाहरु थप परिस्कृत बनाउन जरुरी छ । अनुभव र अनुभुतिका विषयहरु कहिल्यै पनि गलत हुँदैनन् भन्ने कुरामा म तपाईहरुसँगसँगै छु । तर यो सँगसँगै तपाई हामीले सहकार्य गर्दैगर्दा सामाजिक संरचना भित्र देखिएका नैतिकता विषय र हामीले नेतृत्वलाई गर्दै आएको खबरदारीको विषयलाई भने सँगसँगै निरन्तरता दिउँ । यसैबाट पक्कै पनि हामीले परिकल्पना गरेजस्तो सुखी नेपाली: समृद्ध नेपाललाई पूरा गर्नका लागि सफल हुने विश्वास र सकारात्मक ऊर्जाका साथ सबैलाई लोकतन्त्रको दिवसको अवसरमा शुभकामना दिन चाहन्छु ।’

सचेतक बरालले राष्ट्रको समृद्धि र स्वाभिमानमा आँच आउन नदिने काममा पनि आफू लागिपर्ने बताउनु भयो ।