२६ भाद्र २०८३, शुक्रबार
,
Latest
सांसद कार्कीको प्रश्न– संविधानमा लेखिएको मौलिक हक र नागरिकले पाउने व्यवहारिक सेवामा यति दुरी किन… बाढीपीडितलाई रकम दिएर मात्रै सरकार पन्छिन मिल्दैन : दीपक साह बाढी प्रभावितलाई प्रभावकारी स्वास्थ्य सेवा दिन शिक्षा समितिको निर्देशन प्रतिनिधिसभा: इ–जीपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन सांसद दुलालको माग जेनजी आन्दोलनको एक वर्षः स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा माछा मार्ने क्रममा चौधरीको मृत्यु असोज १५ गतेसम्मको सम्भावित कार्यतालिका स्वीकृत गर्न कार्यव्यवस्था परामर्श समितिको परामर्श रसुवा बाढीबाट डेढ लाख नागरिक प्रत्यक्ष रुपमा प्रभावितः होल्डिङ सेन्टरमा रहेका २५ जनालाई झाडापाखाला काठे पुलकै भरमा बेँसीसहर–चामे सडक
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हार्दिक पाण्ड्याको लय भारतका लागि ठूलो समस्या’



अ+ अ-

एजेन्सी । पूर्व भारतीय क्रिकेटर इरफान पठानले मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई लिएर ठूलो बयान दिएका छन् । हार्दिक पाण्ड्या आईपीएलमा सोमबार राजस्थान रोयल्स र मुम्बई इन्डियन्स बीच खेलिएको खेलमा रन बनाउन संघर्ष गरिरहेको देखिन्थे ।

७ नम्बरमा ब्याटिङ गर्न आएका पाण्ड्या १० बलमा १० रन बनाएर सस्तोमा प्याभिलियन फर्किए । मुम्बई इन्डियन्सले राजस्थान रोयल्ससँग फेरी हार बेहोर्यो । हालको सिजनमा मुम्बईले ८ खेलमध्ये ३ खेल मात्र जितेको छ । यसपछि हार्दिक पाण्ड्या आलोचनाको सामना गरिरहेका छन् ।

इरफान पठानले हार्दिक पाण्ड्याको फर्मको बारेमा चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘हार्दिक पाण्ड्या कस्तो फर्ममा छन्, त्यो टी–२० विश्वकपका लागि भारतका लागि ठूलो समस्या हो ।’

इरफानले हार्दिक पाण्ड्याको ब्याटबाट शक्तिशाली प्रहार गर्ने क्षमता घट्दै गएको बताउँदै यसलाई ठूलो समस्या भनेका छन् । वानखेडेमा उनी फरक थिए, तर कम सपोर्ट भएको पिचमा उनी रन बनाउन संघर्ष गरिरहेका छन् ।

हार्दिक पाण्ड्याले आईपीएल २०२४ मा अहिलेसम्म ८ खेल खेल्दै १५१ रन बनाएका छन् । हार्दिकको हालको स्ट्राइक रेट १४२ रहेको छ । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्या २१ को औसतमा ब्याटिङ गरिरहेका छन् । गत आईपीएल सिजनमा हार्दिकले १६ खेलमा ३ सय ४६ रन बनाएका थिए ।