४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

भाडाको कपडा लाउँछन् बलिउड सेलिब्रटी

भाडाको कपडा लाउँछन् बलिउड सेलिब्रटी
अ+ अ-

एजेन्सी । यो प्रश्न प्रायः मानिसहरूको दिमागमा आउँछ कि बलिउडका अधिकांश मानिसहरू कसरी यति महँगो र स्टाइलिश लुगा लगाउँछन् । तिनीहरू आफ्नो लुगा दोहोर्याएको प्राय देखिँदैन ।

यसैबीच अभिनेता आयुष्मान खुरानाले यसबारे मुख खोलेका छन् । उनले एक अन्तर्वार्ताका क्रममा बलिउड सेलिब्रेटीहरूले कपडा किन्ने होइन भाडामा लिने गरेको बताए ।

साथै उनले आफूलाई दिलजीत दोसाँझको ड्रेसिङ स्टाइल निकै मन परेको बताए । बलिउड सेलिब्रेटीहरूको बारेमा कुरा गर्दै, आयुष्मानले भने – पूरै बलिउड भाडामा छ । हामी किन यति धेरै लुगा किन्छौ जस्तो लाग्छ ? हामी स्टाइलिस्टहरू भाडामा लिन्छौं, लुगा अर्डर गर्छौं, र त्यसपछि तिनीहरूलाई फिर्ता गर्छौं । यत्रो लुगा कहाँबाट ल्याउने ?

दिलजीतको तारिफ गर्दै आयुष्मानले भने, ‘मलाई दिलजीतको स्टाइल धेरै मन पर्छ । आज संसारभरका मानिसहरूले उनलाई चिन्छन् । म सम्पूर्ण पञ्जाबको लागि धेरै खुसी छु । उनले पञ्जाबलाई विश्वव्यापी मञ्चमा पुर्‍याएका छन् । उनी धेरै राम्रो छन् ।

आफ्नो भाइ अपारशक्ति खुरानाको फेसन सेन्सको तारिफ गर्दै आयुष्मानले सुरुदेखि नै उनको फेसन सेन्स निकै राम्रो रहेको बताए । ‘तर मलाई फेसनमा त्यति रुचि थिएन । हो, मेरो पेशाअनुसार मैले फेसनलाई फलो गर्नुपर्छ, तर पनि त्यसमा खासै चासो राख्दिनँ । तर मेरो कान्छो भाइ अपारशक्तिसँग धेरै राम्रो फेसन सेन्स छ ।’ उनले भने ।

आयुष्मान खुरानाको कामको कुरा गर्दा उनले सौरभ गांगुलीको बायोपिक बाहेक जेपी दत्तको फिल्म ‘बोर्डर २’ मा काम गर्ने चर्चा छ । अहिले आयुष्मान खुरानाको ध्यान आफ्नो संगीत करियरमा छ । उनले वार्नर म्युजिक इन्डियासँग हात मिलाएका छन् । भर्खरै रिलिज भएको उनको गीत ‘आँख दा तारा’ लाई निकै रुचाइएको छ ।