१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

‘स्थिरता र समृद्धिका लागि ‘मिसन ८४’ लाई लक्ष्य बनाएका छौँ’

‘स्थिरता र समृद्धिका लागि ‘मिसन ८४’ लाई लक्ष्य बनाएका छौँ’
अ अ+ अ-

काठमाडौँ । देश विकासका लागि सत्ता परिवर्तन भइराख्नु राम्रो हुँदैन भन्ने हामी सबैले बुझेकै हो । व्यक्तिगत स्वार्थभन्दा पनि राष्ट्रको हितका लागि सबैले सोच्नुपर्छ । राजनीतिकर्मी होस् वा नागरिक सबैले यो तारिकाले सोच्नुपर्ने हो । स्थिर सरकार नभएकाले नै कानुन निर्माणमा अप्ठ्यारो भएकाले हामी ‘मिसन ८४’ को साथ अघि बढिरहेका छौँ ।

सरकार छिटोछिटो परिवर्तन भएकाले नै संसदीय अभ्यास पनि राम्रो हुन सकेको छ । थुप्रै ऐन कानूनहरु बन्नै बाँकी छन् । कानून निर्माण प्रक्रियामा ढिलासुस्ती भएको छ । कानूनी राज्य स्थापित गर्नमा सरकारको भूमिका महत्वपूर्ण छ तर सरकार परिर्वतन मात्र भएकाले हुन सकेको छैन । सत्ता परिवर्तन खेलकै कारणले कमजोरी देखिएको छ । काम गर्ने माहोल जुन बन्नुपर्ने हो, त्यो हुन सकेको देखिँदैन । जसरी संविधान सबै दलहरुले मिलेर बनाएका छन्, त्यसरी नै संसदमा पनि मिलेर प्रस्तुत हुन सकेको देखिँदैन । कानून बनाउनमा सबैजना मिलेर जानुपर्छ । सबै पार्टी मिलेर देश विकासमा गम्भीर भएर लाग्नुपर्छ । विकास निर्माणमा भन्दा पनि कानून निर्माणमा सांसदहरुको भूमिका बढी हुनुपर्छ ।

मेरो क्षेत्रमा विशेषगरी सिँचाइको समस्या छ । स्थानीयवासीले खेती किसानीका लागि मलखाद तथा बिउबिजन समयमा पाइरहेका हुँदैनन् । छिमेकी राष्ट्र भारतको सबैभन्दा नजिकको सीमाना कृष्णनगरमा सरकारको ध्यान जान सकेको छैन । त्यहाँबाट धेरै पर्यटकहरु आउन सक्छन् । रेलवे स्टेशन नजिकै छ । त्यहाँ न अध्यागमन विभाग छ, न सुख्खा बन्दरगाहको व्यवस्था नै । यसले गर्दा त्यो प्रदेश नै विकासबाट बञ्चित जस्तो देखिन्छ । यस विषयमा मैले पटक–पटक सदनमा पनि उठाउँदै आएको कुरा हो । यो विषय उक्त क्षेत्र तथा प्रदेशको लागि मात्र होइन, राष्ट्रको लागि पनि महत्वपूर्ण कुरा हो ।

युवाहरुको विदेश पलायन अहिलेको अवस्थामा निकै गम्भीर समस्या हो । युवा पलायन राष्ट्रका लागि पक्कै राम्रो होइन । युवाहरुलाई विदेसिनबाट रोक्न सरकारले उत्पादनमूलक तथा विकासका कार्यक्रम ल्याउनुपर्छ । यसपालि उत्पादनमूलक कार्यक्रमहरु समेटेर बजेट आउने भन्ने विश्वास पनि लिएका छौँ ।

हामी नेपालीहरुमा रहेको सबै काम छिटो भइहाल्नुपर्ने प्रवृत्तिले गर्दा पनि नियम तथा कानून पनि पालनातर्फ गम्भीरता देखाएको पाइँदैन । यसमा सरकार, राजनीतिक दलहरु मात्र नभई नागरिकहरुले पनि दायित्वबोध गर्नुपर्छ । राष्ट्र बनाउनेमा सरकारको मात्रै नभएर नागरिकको पनि उत्तिकै भूमिका हुन्छ । देशको समृद्धि नहुनुको मुख्य बाधा भनेको भ्रष्टाचार हो । यसको न्यूनीकरण गर्नु सबैको दायित्व हो । देश विकासका लागि भ्रष्टाचारलाई जसरी पनि हटाउनै पर्नेछ । त्यसैले कुनै ठाउँमा भ्रष्टाचार वा विकृति देखिएको छ भने त्यसलाई रोक्ने जिम्मा सबैको हो । भ्रष्टाचार गरेको कहीँ कतै देखिए सम्बन्धित निकायलाई खबर गरिहाल्नुपर्छ ।

म जुन पार्टीबाट प्रतिनिधित्व गर्छु त्यसको नेतृत्व केपी ओली शर्माले गर्नुभएको छ । उहाँप्रति जनताको ठूलो विश्वास छ । अहिले पनि गर्न सक्ने नेताको रुपमा उहाँ हुनुहुन्छ । देशलाई समृद्ध बनाउने कुरामा उहाँमा स्पष्ट ‘भिजन’ र आँट दुबै छ । त्यसैले स्थिरता र समृद्धिका लागि हामीले ‘मिसन ८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेका छाँै ।

सराज अहमद फारुकी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधिसभा सांसद हुनुहुन्छ । उहाँले पार्टीको गाउँ कमिटीदेखि जिल्ला कमिटी हुँदै केन्द्रीय सदस्यसम्मको भूमिका निर्वाह गरिसक्नुभएको छ । रासस