२७ श्रावण २०८३, बुधबार
,
Latest
नेप्से परिसूचक झिनो अङ्कले बढ्यो यातायात सुधार सरकारको प्राथमिकतामा छ, प्रविधि र सुरक्षामा जोड दिन्छाै : निधि एनसेल सेयर खरिद–बिक्री अध्ययन प्रतिवेदन सार्वजनिक (पूर्ण पाठ) ‘काठमाडौं उपत्यकामा २० लाखभन्दा बढी सवारीको ट्राफिक व्यवस्थापन हातको ईशारा र सिठ्ठीका भरमा भएको छ’ ५ वर्षभित्र यातायात क्षेत्र पूर्ण प्रविधिमैत्री बनाउने सरकारको तयारी छ : सभापति गजुरेल सार्वजनिक खरिद प्रक्रिया तथ्यमा आधारित हुनुपर्छ, हचुवाका भरमा निर्णय नगरौँः वर्षमान पुन देउवालाई ‘मोहरा’ बनाएर काँग्रेस कमजोर पार्ने खेल भइरहेको छः महामन्त्री घिमिरे सरकारी कार्यालयमा पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन सरकारको निर्देशन कार्यकाल बाँकी छँदै दुई सचिवले छाडे पद ग्यास अभावमा चितवन मेडिकल कलेजका विद्यार्थीलाई १०० रुपैयाँमै खाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्रेको कुतालमा युवाको सक्रियतामा छ्योर्तेन निर्माण



अ+ अ-

धुलिखेल । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण गरिएको छ ।

तामाङ समुदायको बाहुल्यता रहेको सो स्थानमा युवाको सक्रियतामा धार्मिक तथा पितृकर्म गर्ने पवित्रस्थल छ्योर्तेन निर्माण गरिएको स्थानीय कुमारसिंह तामाङले बताउनुभयो । सो ठाउँमा करिब ६० घरधुरी बौद्धमार्गी तामाङको बसोबास छ । तामाङका अनुसार त्यहाँ धार्मिक आस्थाअनुसारको पवित्रस्थल नभएका कारण धार्मिक तथा पितृकर्म गर्न समस्या भइरहेको थियो । त्यही समस्यालाई मध्यनजर गरी प्रगति युवाक्लब गठन गरेर छ्योर्तेन निर्माण गरिएको उहाँको भनाइ छ ।

“विनाबजेटमा गाउँमाथि रहेको चिहानघाटमा बनाएका अधुरा संरचना निर्माणका काम सुरू गर्‍यौँ । त्यसका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग पनि जुटायौँ । श्रमदानबाट जगको फाउण्डेशन तयार गरी छ्योर्तेन निर्माणको काम आधाउधी पुगेपछि नगरपालिकाबाट समेत बजेट विनियोजना भएपछि सम्पूर्ण कार्य गर्न सहज भयो”, तामाङले बताउनुभयो ।

धुलिखेल नगरपालिका–३ का वडाध्यक्ष गणेश आचार्यले तामाङ समुदायको बाहुल्यता रहेको सो बस्तीका युवाले थालनी गरेको काममा नगरपालिकाबाट रु सात लाख ५० हजार सहयोग गरिएको बताउनुभयो ।

सो संरचना निर्माणका लागि हालसम्म रु ११ लाख खर्च भइसकेको र यही वैशाखमा पर्ने बुद्धजयन्तीको अवसर पारेर उद्घाटन गर्नेगरी अन्तिम चरणका काम भइरहेका ‘बोधि चैत्य ज्याङ्छ्युक छ्योर्तेन’ निर्माण उपभोक्ता समितिका अध्यक्ष पासाङ तामाङले जानकारी दिनुभयो ।

बुद्धको चित्तको स्वरुप मानिने छ्योर्तेनलाई बौद्धमार्गीहरुले धर्म सञ्चय गर्ने पवित्रस्थलका रुपमा लिने गर्दछन् । भक्तिभाव र शुद्ध मनका साथ छ्योर्तेन परिक्रमा गर्दा पाप नष्ट हुने र मनले चाहेको कुरा पूरा हुने जनविश्वास रहिआएको छ ।