• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण

एमाले उम्मेदवारलाई पितृशोक



बझाङ। बझाङ प्रदेश सभा क्षेत्र नं १ को उप-निर्वाचनका उम्मेदवार दमन बहादुर भण्डारीलाई पितृशोक परेको छ।

नेकपा (एमाले)का उम्मेदवार भण्डारीका बुवा चक्र बहादुर भण्डारीको ८८ बर्षको उमेरमा मंगलवार बिहान निधन भएको हो । उप-निर्वाचनको चुनावी प्रचारका क्रममा रहेका बेला उम्मेदवार भण्डारीका बुवाको निधन भएपछि एक दिनलाइ प्रचार प्रसार स्थगित गरिएको एमालेका बझाङ जिल्ला इन्चार्ज राजेन्द्र रावलले बताए।

मृतक भण्डारी दुई हप्तादेखि बिरामी रहेका थिए। छबिस पाथिभेरा गाउँपालिका-१, भण्डारीगाउँ निवासी उनको अन्तिम संस्कार बुधवार बिहान गरिने आफन्तजनले बताएका छन।

बुधवार देखि नै चुनावी अभियानलाइ निरन्तरता दिइने इन्चार्ज रावले जानकारी दिए। गत निर्वाचनमा बझाङ-१ बाट निर्वाचित पृथ्वी बहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि यहि बैशाख १५ गते उप-निर्वाचन हुदैछ।