११ असार २०८३, बिहीबार
,
Latest
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द श्रम विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसोले विपन्न तथा मजदुरको दिनचर्या कष्टकर



अ+ अ-

राँझा । बाँकेमा दुई हप्तादेखि निरन्तर बढिरहेको चिसोले विपन्न तथा मजदुरको दिनचर्या कष्टकर बनेको छ । चिसोका कारण आम जनजीवन प्रभावित भए पनि विपन्न तथा मजदुरलाई जाडो छल्न ठूलो समस्या भएको छ । विकल्पविहीन गरिब तथा ज्येष्ठ नागरिक अत्यधिक चिसोले कठ्याङ्ग्रिएर बस्न बाध्य छन् ।

बाँकेमा पछिल्लो तीन दिन अत्यधिक चिसो महसुस गरिएको छ । नेपालगञ्जको न्यूनतम तापक्रम ८।४ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख वरिष्ठ जल अधिकृत विनोद पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार न्यूनतम तापक्रम घट्दा चिसो बढी महसुस भएको हो । वर्षात् नभए पनि चिसो हावाका कारण तापक्रम घट्दो क्रममा रहेको छ ।

चिसोका र शीतलहरबाट २६ हजार ३६ परिवारका एक लाख ६६ हजार प्रभावित हुनसक्ने जिल्ला विपद् व्यवस्थापन समितिले आकलन गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिनुभयो । उहाँले गरिब तथा निमुखालाई न्यानो कपडा उपलब्ध गराउने काम भइरहेको बताउनुभयो । त्यसका लागि जिल्ला विपद् व्यवस्थापन समितिले ६०० थान कम्बल खरिद गरेर वितरण गरिरहेको उहाँको भनाइ छ ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले बाल सुधारगृहलाई सय थान, डुडुवा गाउँपालिका वडा नं ६, मगन्ताटोलका ४२ घरपरिवार र निलसागर वृद्धाश्रमलाई कम्बल वितरण गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो ।