• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

स्काउटको सहकार्यमा महानगरीय महाशाखाद्वारा आजबाट ट्राफिक स्वयंसेवक परिचालन



काठकाडौं । ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसाथ ट्राफिक स्वयंसेवक परिचालन गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल स्काउटको सहकार्यमा नेपाल स्काउटका १०० जना युवाहरुलाई ट्राफिक स्वयंसेवक बनाइ मंगलबारदेखि परिचालन गरिएको हो । 

ट्राफिक व्यवस्थापनमा कमजोर तथा अस्तव्यस्त भएको ठाउँहरुमा स्वयंसेवक परिचालन गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताउनुभयो । स्वयंसेवकहरुले पैदल यात्रु तथा सवारी चालकहरुलाई ट्राफिक सम्बन्धी जनचेतना फैलाउने भएकाले ट्राफिक व्यवस्थापनमा सहजता आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । स्वयंसेवकको उपयोगिता र सफलता हेरेर आगामी दिनमा परिचालन बढाउँदै लगिने उहाँको भनाई छ ।

नेपाल स्काउटका आयुक्त लोकबहादुर भण्डारीले स्वयंसेवकहरुले नागरिकलाई सहि तरिकाले सहि ठाउँबाट बाटो काट्न सिकाउने बताउनुभयो । ट्राफिकले प्रवाह गर्ने जनचेतनामुलक सन्देशहरु प्रवाहमा स्काउटले सहकार्य गरेको पनि उहाँले बताउनुभयो । सडक दुर्घटना तथा विपतबाट बच्न तथा कुनैपनि संकटबाट बचाउन नागरिकलाई जनचेतना अभिवृद्धि गर्न नेपाल स्काउटले सधैँ सहकार्य गर्ने उहाँको भनाई छ ।