• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

संघीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरणका लागि सबै राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छ: ओली



अध्यक्ष ओली काठमाडौँ, १० वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)द्वारा सोमबार ललितपुरको गोदावरीमा आयोजित नेकपा स्थापनाको हीरक महोत्सवका अवसरमा मन्तव्य राख्दै नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओली तस्बिरः किरणराज विष्ट÷रासस

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संंघीय लोकतान्त्रिक गणतन्त्र रक्षा र सवलीकरणमा एकतावद्ध हुन सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

सोमवार ललितपुरको गोदावरीथित सनराईज हलमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सव समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सबलीकरणको बाटोमा सबै एक ठाउँमा उभिने मिल्ने अवस्था रहेको पनि बताउनु भयो । उहाँले विद्यमान व्यवस्थालाई माध्यम बनाएर सुशासन र विकासको काममा अघि बढ्नुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले पूर्वराज्ञा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै प्रतिगमनको कुरा गरेर कहीँ पनि पुग्न नसकिने बताउनु भयो । उहाँले सरकार र वर्तमान सत्तारुढ दलहरुले पनि मुलुकबाट गरिवी हटाउने गरी ठोस योजना बनाउने, भ्रष्टाचारको अन्त्य गर्ने र राष्ट्र र राष्ट्रिय हितको पक्षमा अघि बढ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामी सहकार्यको माध्यामबाट निकट हुँदै जान्छौं । अहिले सहकार्यको माध्यामबाट अगाडि बढ्छौ । र क्रमश: हामी एकताको बाटोमा पुग्न सक्छौं । त्यस बिन्दुमा पुग्न सक्छांै । तर अहिलेनै एकीकरण गरौ, देशभरीका सबै मिलौं भन्ने हो भने फुटेका किन थियौं ? के भएर फुटेका थियौ ? यस्ता प्रश्नहरु उठ्छन् । अहिले सहमती, सहकार्य । सहकार्यका निम्ति सहमतीबाट जाऔं । अर्को कुरा के हो भने अहिले यतिबेला ठयाक्कै वामपन्थीहरु मिलेर मात्रै अगाडि बढ्ने अवस्था होइन । देशभक्त शक्तिहरु राष्ट्रिय शक्तिको रुपमा जसले काम गर्न मञ्जुर गर्छ, त्यस्ता शक्तिहरु, देशको पक्षमा, सार्वभौमसत्ताको पक्षमा, देशको स्वाधिनताको पक्षमा, स्वतन्त्रताको पक्षमा भौगोलिक अखण्डताको पक्षमा, राष्ट्रिय हितहरुको पक्षमा र राष्ट्रिय स्वाभिमानको पक्षमा हुने मानिसहरु । भ्रष्टचार नगर्ने र भ्रष्टाचार हुन नदिने, भ्रष्टाचार नियनन्त्रणको पक्षमा हुने व्यक्ति र शक्तिहरु । त्यसै गरेर विकासलाई अघि बढाउनु पर्छ ।’

‘समाजमा शान्ति र सुव्यवस्था कायम गर्नुपर्छ, अनेक प्रकारका साम्प्रदायिक विद्वेष भड्काउने खालका, देशको विविधतालाई दुरुपयोग गर्ने खालका हाम्रा भाषा, जातजातिका संस्कृतिहरुको सम्मान गर्न छोडेर तिनका बीचमा अविश्वास बढाउने, त्यस्ता खालको क्रियाकलाप गर्‍यो भने देश बिथोलिन्छ । देशमा अनेकता हुन्छ । देशमा एकता भएर राष्ट्र निर्माण गर्ने अभियानलाई यसले कुठाराघात गर्छ त्यसले । त्यसकारण त्यस्तो नगर्ने राष्ट्रिय एकताको पक्षमा रहेका यस्ता शक्तिहरु मिलेर अगाडि बढ्न सकिन्छ । दुई वटा पक्ष छ एकताका । अहिले सिंगै देश एक हुनुपर्दछ । सिंगै देश के कुरामा एक हुन सकिन्छ भने अहिल संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरौं, सबल बनाऔं । यसलाई माध्यम बनाएर सुशासन र विकासको बाटोमा अगाडि जाऔं । साम्प्रदायिक विद्धेष होइन, सामाजिक सदभाव कायम गर्दै राष्ट्रिय एकता कायम गरौं । यसबाट अगाडि बढन सकिन्छ । लोकतन्त्रको रक्षा गरौं, लोकतन्त्रको विकल्प खोज्ने होइन । त्यस मामिलामा सिंगै देश एक हुन सकिन्छ । हुुनपर्छ । अब एउटा कुनातिर बसेर केहीमान्छे देखिहाल्यो भने हौसिएर प्रतिगमनका कुरा गर्ने यस्ता खालका कुराहरु छोडौं । साम्प्रदायिक विद्धेष भडकाउने यस्ता खालका कुराहरु छाडौं । अहिले नयाँ कुरा के के न उठेजस्तो यस्तो गर्नुपर्ने आवश्यक्ता छैन । हिजो पनि मेची अञ्चल थियो, कोशी अञ्चल थियो । यस्तो थिए हिजो पनि नाम । सरकारमा अहिले नयाँ समिकरण बनेको छ ।’

‘यो समिकरण यिनै प्रश्नहरुमा र त्यसमा पनि विकास, निर्माण गर्ने, शान्ति सुरक्षा कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, यी अभियारा । देशमा विकासको अभियान चलाउने र जल्दाबल्दा जनताका समस्याहरु समाधान गर्ने, भूमिहीन सुकुम्वासीका समस्यादेखि लिएर, गरिवहरुका समस्याहरुदेखि लिएर अरु समस्या समाधान गर्ने देशको सबैभन्दा ठूलो चूनौति के हो यतिबेला भने र कलंकको विषय के हो भने २१ औं शताब्दीमा पनि प्रगतिशील, लोकतान्त्रिक सरकारहरु बनिसकेपछि यस्तो उर्वर भएको जीवन्त र जीवनमय देशमा भोकमरी, गरिवीको समस्याले जनता पिल्सिनु र हामी त्यसलाई सम्बोधन गर्न असफल हुनु सबैभन्दा अशोभनीय नसुहाउने कुरा हो । त्यसकारण यसको अन्त्य गरिनुपर्छ । अहिले हामी सरकारमा हुनेहरुको अहिलेको प्रमुख कर्तव्य त्यो हो कि हामी गरिवीको अन्त्य गरौं । गरिवी निवारण गरौं हामीले ठोस कार्यक्रम त्यसका लागि बनाउनु पर्दछ । र, त्यो काम भष्टाचार नियन्त्रण गरेर विकासका ठोस योजनाहरु ल्याएर नयाँ ढंगले प्रयोग गर्नसक्छौं । सरकारमा रहेका दलहरुले यी कुराहरुलाई ध्यान राखेर फराकिलोपनका साथ र साँच्चै हामीले केही गर्नुछ भन्ने कुरालाई ध्यानमा राखेर पोलिटिक्सलाई खाली प्रचारबाजीको विषय होइन, उपलब्ध प्राप्त गर्ने विषयको रुपमा अगाडि बढाउनु पर्छ । यस हिसावले हामी अगाडि बढनु पर्छ भन्ने कुरा म राख्न चाहन्छु ।

ओलीले एमालेले नाजायज ढंगले कुनैपनि खालको अडान नराख्ने जिकिर समेत गर्नुभयो । उहाँले तत्काल वामपन्थीहरु एकता हुने अवस्था नरहेको पनि दोहोर्‍याउनु भयो ।