२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

केकेआरविरुद्ध आउट भएका थिएनन् कोहली ?



अ+ अ-

एजेन्सी । कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध विराट कोहलीको आउटलाई लिएर विवाद सुरु भएको छ । कतिपय विज्ञले यसलाई सहि भनेका छन् भने कसैले गलत भनेका छन् ।

पूर्व भारतीय फास्ट बलर इरफान पठानले यसलाई सहि भनेका छन् भने नवजोत सिंह सिन्धुले गलत भनेका छन् ।

आइतबार भएको खेलमा बैंगलोरको इनिङ्सको तेस्रो ओभरको पहिलो बलमा हर्षित रानाले बलिङ गरेका थिए जुन फुल टस थियो । कोहलीले बललाई अगाडि खेल्ने प्रयास गरेर तर, उनी कट एण्ड बोल्ड भए ।

फिल्ड अम्पायरले आउट दिएपछि कोहलीले नो–बलको रिभ्यु मागे तर थर्ड अम्पायरले फिल्ड अम्पायरको निर्णय परिवर्तन नगरी कोहलीलाई आउट दिए । कोहलीले बलको उचाइ धेरै भएको बताए ।

यो देखेर आक्रोशित विराट कोहली फिल्ड अम्पायरसँग झगडा गरिरहेका देखिए । पछि कोहलीको विकेटलाई लिएर विवाद भयो । कतिपय विज्ञले कोहलीलाई नटआउट घोषणा गरिरहेका थिए भने कतिपयले उनलाई आउट भनेका थिए ।

नियमले के भन्छ ?
बीसीसीआईले आइपिएलमा खेल्ने सबै खेलाडीको कम्मर नापेको थियो । जसमा कोहलीको कम्मरको उचाइ १.०४ मिटर मापन गरिएको थियो । नयाँ हक–आइ बल ट्र्याकिङ टेक्नोलोजीका अनुसार यदि कोहली क्रिजमा सीधा ब्याटिङ पोजिसनमा भएको भए बलले उनलाई जमिनबाट ०.९२ मिटरको उचाइमा पार गर्ने थियो । कोहलीको कम्मरको उचाइ पहिले नै १.०४ मिटर मापन गरिएको थियो, जसको मतलब बल उनको कम्मरभन्दा तल गएको थियो । त्यसैले टिभी अम्पायर माइकल गफका अनुसार उचाइका आधारमा बल वैध थियो ।

कम्मरभन्दा माथिको नो बलमा एमसीसीको नियम के भन्छ ?
मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को कानून ४१.७.१ अनुसार, कुनै पनि बल जुन स्ट्राइकरको कम्मरको उचाइमा उभिएर सिधै पपिङ क्रिजमा उभिएर मैदानमा हानिएन भने अवैध घोषित गरिन्छ । यस्तो अवस्थामा अम्पायरले नो–बल घोषित गर्छन् । तर कोहलीको आउटको अवस्थामा, उनी आफ्नो क्रिज बाहिर उभिरहेका थिए र पपिङ क्रिजमा पुग्दा बल उनको कम्मरभन्दा गहिरो हुन्थ्यो ।

पठानले भने, ‘कोहली नियमअनुसार आउट भएका थिए
भारतीय पूर्व बलर इरफान पठानले कोहली नियम अनुसार नै आउट भएको बताउँछन् । इरफानले भने, ‘विराट कोहली अलि अगाडि उभिरहेका थिए । बल फुल टस थियो । यदि यो बल छिटो भएको भए, यो उनको कम्मर माथि गएको थियो । तर बल स्लो थियो । डिप हुँदै थियो । त्यही भएर बल ब्याटमा लाग्ने ठाउँमा कम्मरसम्म गएको होला भन्ने सबैले सोचेका छन् । तर, बल डिप भएपछि जहाँ पपिङ क्रिज थियो, बल कोहलीको कम्मरमुनि जान्छ । यसको मतलब यो एक फेयर डेलिभरी हुन्थ्यो । त्यसैले मेरो अनुसार यो बल सही थियो ।’ पठानले बीसीसीआईले यो सिजन सबै खेलाडीको कम्मरको उचाइ नापेको पनि बताए । जब खेलाडीहरू पपिङ क्रिजमा उभिन्छन्, यो मापन गरिन्छ ।

सिद्धुले यसलाई गलत डेलिभरी भनेका छन्
आईपीएलको आधिकारिक प्रसारण च्यानलका लागि कमेन्ट्री गरिरहेका नवजोत सिंह सिद्धुले कोहली आउट भएको बल नो–बल भएको बताए । बल कम्मरभन्दा धेरै माथि रहेको उनले बताए ।

इडेन गार्डेनमा भएको खेलमा कोलकाताले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर २२२ रन जोडेको थियो । टोलीका लागि कप्तान श्रेयस अय्यरले सबैभन्दा ठूलो ५० रनको इनिङ खेले । त्यसपछि लक्ष्य पछ्याउने क्रममा बैंगलोरको टोली २० ओभरमा २२१ रनमा अलआउट भयो । टोलीका लागि विल ज्याकले ३२ बलमा ५५ रनको सबैभन्दा ठूलो पारी खेले । खेलमा आरसीबीले अन्तिमसम्म लड्यो तर अन्ततः केकेआरले जित्यो । यो सिजनमा आरसीबीको यो सातौं हार हो ।

 




भर्खरै