• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

मनसरामा मैले पाएको पात्रको अभिनय अरु कसैले गरेको हेर्न मन थियो: दयाहाङ राई



काठमाडौँ । अभिनेता दयाहाङ राईले चलचित्र मनसरामा आफूले निभाएको भुमिका अर्को व्यक्तिबाट हेर्न इच्छुक भएको बताउनुभएको छ ।

सोमवार ललितपुरमा चलचित्र मनसरा निर्माण टिमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चलचित्रमा आफूले खेलेको कलाकारको भुमिका अर्को कोहीबाट हेर्ने इच्छा भएपनि आफूले नै निभाउनुपरेको र कस्तो न्याय गरेको छु भन्ने बारेमा पनि चलचित्र हेरेपछि दर्शकले न्याय गर्ने बताउनु भयो । उहाँले चलचित्रको आफ्नो पात्र डाहलाग्दो रहेको बताउनु भयो । त्यस्तै लेखक उपेन्द्र सुब्बाले मनसरा धानको एउटा प्रजाति भएको र त्यसलाई मानिसको रुपमा प्रतिविम्वित गरेर चलचित्र देखाउन लागेको बताउनु भयो ।

उहाँले मनसरा मेहनतसहित धेरै काम गरेर पचाउनसक्ने व्यक्तिहरुले मात्रै खाने गरेको बताउनु भयो । शहरमा बस्नेहरुले मनसराको खाना पचाउन नसक्ने बताउनु भयो । त्यस्तै मनसरा अडिलो धान भएकाले मेहनतीहरुले धेरै रुचाउने बताउनु भयो । मनसरा मात्रैको बियाड नफल्ने भएकाले अरुसँग मिसाएर रोपिने गरेको बताउनु भयो । नेपाली समाज मिश्रित समाज भएकाले सबै सहयोगी र मिलेर बसेको रुपमा मनसरालाई चलचित्रमा उतारिएको बताउनु भयो । त्यस्तै अभिनेत्री मिरुना मगरले अझै राम्रो काम गर्न आफैँले आफैँलाई प्रेसर दिएर अभिनय गरेको बताउनु भयो । उहाँले मनसरामा आफूले गरेको पात्र भेटिराखेको र देखिराखेको पात्र रहेको बताउनु भयो । मनसरामा काम गर्दा एकल महिलाको दु:खहरु आफूले बुझ्ने अवसर पाएको बताउनु भयो ।

उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘मनसरा’ मा अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधान लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा लिम्बू र व्राम्हण समुदायका पात्रहरूबीचको विवाहेत्तर सम्बन्ध देखाइएको छ । शैलेन्द्र कार्कीले खिचेको यो फिल्म वैशाख २१ मा प्रदर्शनमा आउँदैछ । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, झुमा लिम्बू र सुशान्त गौतमको संगीत छ ।