२७ श्रावण २०८३, बुधबार
,
Latest
नेप्से परिसूचक झिनो अङ्कले बढ्यो यातायात सुधार सरकारको प्राथमिकतामा छ, प्रविधि र सुरक्षामा जोड दिन्छाै : निधि एनसेल सेयर खरिद–बिक्री अध्ययन प्रतिवेदन सार्वजनिक (पूर्ण पाठ) ‘काठमाडौं उपत्यकामा २० लाखभन्दा बढी सवारीको ट्राफिक व्यवस्थापन हातको ईशारा र सिठ्ठीका भरमा भएको छ’ ५ वर्षभित्र यातायात क्षेत्र पूर्ण प्रविधिमैत्री बनाउने सरकारको तयारी छ : सभापति गजुरेल सार्वजनिक खरिद प्रक्रिया तथ्यमा आधारित हुनुपर्छ, हचुवाका भरमा निर्णय नगरौँः वर्षमान पुन देउवालाई ‘मोहरा’ बनाएर काँग्रेस कमजोर पार्ने खेल भइरहेको छः महामन्त्री घिमिरे सरकारी कार्यालयमा पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन सरकारको निर्देशन कार्यकाल बाँकी छँदै दुई सचिवले छाडे पद ग्यास अभावमा चितवन मेडिकल कलेजका विद्यार्थीलाई १०० रुपैयाँमै खाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रक्षेपण



symbolic picture
अ+ अ-

उत्तर कोरिया । उत्तर कोरियाले दक्षिण कोरियाको पूर्वी तटनजिकै समुद्रमा एउटा अज्ञात ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको सोलको सेनाले सोमबार बताएको छ । उक्त मिसाइल प्योङयाङले यस वर्ष परीक्षण गरेको शृङ्खलामा पछिल्लो हो ।

दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले जापान सागर पनि भनिने जल क्षेत्रको नाम लिँदै भन्नुभयो, “उत्तर कोरियाले पूर्वी सागरमा अज्ञात मिसाइल प्रक्षेपण गरेको छ ।”

टोक्योले पनि प्रक्षेपणको पुष्टि गरेको छ । जापानी रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, “उत्तर कोरियाबाट संदिग्ध ब्यालेस्टिक मिसाइल प्रक्षेपण भएको थियो ।” जापानको तटरक्षकले मन्त्रालयलाई उद्धृत गर्दै प्रारम्भिक घोषणाको लगत्तै उक्त मिसाइल पहिल्यै खसेको देखिएको बताएको थियो ।

सार्वजनिक प्रसारक एनएचकेलगायत जापानी सञ्चार माध्यमले अज्ञात सरकारी स्रोतहरूलाई उद्धृत गर्दै संदिग्ध मिसाइल जापानको विशेष आर्थिक क्षेत्रबाहिर खसेको बताएका छन् ।

सोलस्थित विशेषज्ञ साइट एनके न्युजले भनेको छ, “छोटो उडान समय, सम्भवत: १० मिनेटभन्दा कम, छोटो दूरीको ब्यालेस्टिक मिसाइल (एअआरबिएम) वा छ सय मिमी मल्टिपल लन्च रकेट सिस्टम (एमएलआरएस) को प्रक्षेपण भएको सङ्केत गर्दछ ।”

गत महिना रुसले आणविक हतियार सम्पन्न मुलुक उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको अनुगमनलाई खारेज गरेपछि पछिल्लो प्रक्षेपण भएको हो । प्योङयाङको सहयोगी मस्कोले आफ्नो आणविक र हतियार कार्यक्रमका लागि किम जोङ उनको सरकारमाथि लगाइएको प्रतिबन्धको उल्लङ्घनको राष्ट्रसङ्घीय अनुगमनलाई प्रभावकारीरूपमा अन्त्य गर्न मार्चमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा भिटो प्रयोग गरेको थियो ।

उत्तर कोरियाले रणनीतिक क्रुज मिसाइलका लागि डिजाइन गरिएको ‘सुपर–लार्ज वारहेड’ को शुक्रबार परीक्षण गरेको राज्य मिडियाले बताएको छ । सोलको सेनाले उसले करिब सोही समयमा क्रुज मिसाइल प्रक्षेपण भएको पत्ता लगाएको पुष्टि गरेको छ ।

आफ्नो ब्यालेस्टिक समकक्षीहरूको विपरीत उत्तर कोरियामाथि हालको राष्ट्रसङ्घीय प्रतिबन्धअन्तर्गत क्रुज मिसाइलको परीक्षण प्रतिबन्धित छैनन् । क्रुज मिसाइलहरू जेटद्वारा सञ्चालित हुन्छन् र अधिक परिष्कृत ब्यालेस्टिक मिसाइलहरूको तुलनामा कम उचाइमा उड्छन् । यसबाट तिनीहरूलाई पत्ता लगाउन र रोक्न कठिन हुन्छ ।

उत्तर कोरियाले युक्रेनमा प्रयोग गर्नका लागि रुसमा पठाउनुअघि क्रुज मिसाइलहरूको परीक्षण गर्न सक्ने विश्लेषकहरूले चेतावनी दिएका छन् । उत्तर कोरियाली नेता किमले राष्ट्रसङ्घले प्रतिबन्ध लगाए पनि मस्कोमा हतियार पठाइरहेको वासिङ्टन र सोलको दाबी छ । प्योङयाङले युक्रेनमा प्रयोग गर्नका लागि हतियारले भरिएका करिब सात हजार कन्टेनर मस्कोमा पठाएको सोलले दाबी गरेको छ ।

धेरै हदसम्म एक्लो परेको उत्तर कोरियाले हालै मस्कोसँगको सैन्य सम्बन्धलाई बलियो बनाएको छ । साथै उसले यसै महिना आफूविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धको अनुगमन गर्ने संयुक्त राष्ट्र विशेषज्ञहरूको एउटा प्यानलको नवीकरणलाई रोक्नका लागि भिटो प्रयोग गरेकामा रुसलाई धन्यवाद दिएको छ ।

उत्तर कोरियाले परीक्षणमा पनि तीव्रता दिएको छ । उसले अप्रिलको प्रारम्भमा नयाँ मध्यमदेखि लामो दूरीको ठोस इन्धन हाइपरसोनिक मिसाइलको परीक्षण गरेको दाबी गरेको छ ।

यसै वर्ष प्योङयाङले दक्षिण कोरियालाई आफ्नो ‘प्रमुख शत्रु’ घोषणा गरेको छ । पुनरमिलन र पहुँचका लागि समर्पित एजेन्सीहरूलाई अलग गरेको छ र ‘शून्य दशमलव ००१ मिमी’ क्षेत्रीय उल्लङ्घनमा समेत युद्धको धम्की दिएको छ ।

गत वर्ष उत्तर कोरियाले सन् २००६ देखि लागु राष्ट्रसङ्घीय प्रतिबन्धलाई बेवास्ता गर्दै तथा वासिङ्टन र सोलको चेतावनी भए पनि रेकर्ड सङख्यामा मिसाइल परीक्षण गरेको थियो । प्योङयाङले सन् २०२२ मा आफैँलाई ‘अपरिवर्तनीय’ आणविक हतियार सम्पन्न मुलुक घोषणा गरेको छ ।