१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केटू पर्वतारोहीलाई यसरी गरियो भव्य स्वागत (भिडियो सहित)



अ+ अ-

काठमाडौं । विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टु(पाकिस्तान) को सफल आरोहण गरी किर्तिमान कायम गर्ने नेपाली आरोहीहरु स्वदेश फर्किएका छन् । 

निर्मल पूर्जासहितको १० सदस्यीय नेपाली टोली विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टु आरोहण गरेर मंगलबार स्वदेश फर्किएका हुन् । उनीहरुले माघ ३ गते माउन्ट के टू को सफल आरोहण गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले त्रिभुवन विमास्थलमा आरोहीहरुलाई स्वागत गर्दै आरोहीहरुले नेपालको उच्च शिरलाई पुनः अन्र्तराष्ट्रिय जगतमा राख्न सफल भएको बताउनुभयो । नेपालीहरु हरेक हिमाल चढ्न सक्छन् भन्ने उजागर भएको उहाँको भनाई छ । यसले वर्तमान समयमा नेपालका ८ हजार माथिका हिमालहरु आरोहण गर्न आउने पर्यटकहरुलाई पनि प्रोत्साहन मिलेको बताउनुभयो ।

आरोही निर्मल पूर्जाले आफुहरुले माउन्ट के टू हिमालको सफल आरोहण गरी विश्वलाई ठुलो शन्देश दिएको बताउनुभयो । समुहमा काम गरे कुनै कुरा पनि असम्भव छैन भन्ने शन्देश दिएको उहाँको भनाई छ ।

माउन्ट के टू मा अहिलेसम्म हिउँद याममा कसैले पनि सफल आरोहण गर्न नसकेको अवस्थामा नेपालीहरुले सफल आरोहण गरी नेपालीहरुको नाम राखेको आरोही मिङ्मा शेर्पाले बताउनुभयो । हिमाल आरोहीहरुको निम्ति ठुलो उपलब्धी भएको पनि उहाँले बताउनुभयो ।

आरोहीहरुले आरोहणको क्रममा पाकिस्तानी सरकार र जनताबाट राम्रो साथ सहयोग पाएको बताएका छन् ।