२८ श्रावण २०८३, बिहीबार
,
Latest
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पदबाट राजीनामा तमानखोला गाउँपालिकाको उदाहरणीय काम गत्लाङमा डिजिटल ‘क्युआर कोड’ पुस्तकालय निर्माण निर्यातभन्दा आयात पाँचगुणा बढी कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्योः मुख्यमन्त्री कार्की फ्रान्स-स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति विश्व प्रेस काउन्सिलको आपत्ति अब सरकारी कार्यालयमा बिचौलिया निषेध, फारम भर्न निःशुल्क सहायता कक्ष राखेपको बोर्ड बैठकः १० औँ राष्ट्रिय खेलकुद आगामी मंसिरमा, एशियाली खेलकुदका लागि २१८ जनाको टुङ्गो काँग्रेसको १५ औँ महाधिवेशनः असोज १६–१९ को मिति यथावत, तल्लो तहको कार्यतालिकामा केही हेरफेर हुनसक्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारी ‘गणतन्त्र गौरव’ बाट सम्मानित



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ बाट सम्मान गरेको छ ।

नेकपा एमालेद्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सवको अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा. बाबुराम भट्टराईले संयुक्त रुपमा उहाँलाई सो सम्मान प्रदान गर्नुभएको हो ।

नेकपा एमालेका तत्कालीन उपाध्यक्ष भण्डारीले लोकतन्त्र, गणतन्त्र र ३३ प्रतिशत महिलाहरुको राज्यका हरेक निकायमा प्रतिनिधित्व गर्ने सवालमा नेतृत्वदायी भुमिका निर्वाह गरेको भन्दै एमालेले सो सम्मान गरेको हो । भण्डारीले दुई कार्यकाल नेपालको प्रथम महिला राष्ट्रपतिको भुमिका पनि निर्वाह गर्नुभएको थियो । समारोहलाई सम्बोधन गर्दै उहाँले आफूलाई सो सम्मान प्रदान गरेको भन्दै एमालेप्रति आभार व्यक्त गर्नुभएको छ ।