१३ श्रावण २०८३, बुधबार
,
Latest
राजनीतिक दल र निर्वाचन प्रणालीमा व्यापक सुधारको खाँचोः सांसद केसी प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको कार्ययोजनाः विदेशमा रहेका नेपालीलाई मताधिकार र प्रविधिमैत्री निर्वाचनमा जोड प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरीकर्ताको बयानः ५० करोड नोक्शानी पुर्‍याएको आरोप निष्क्रिय राजनीतिक दल खारेज र राज्यद्वारा फण्डिङको व्यवस्था गर्ने प्रश्तावित प्रमुख आयुक्त कार्कीको कार्ययोजना शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो सन्तानका लागि विवाह, त्यसपछि हिंसा : चीनमा बेचिँदै नेपाली युवती आज अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै हसिनाको स्वदेश फर्किने घोषणा पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरसीबीलाई दोहोरो झट्काः खेल पनि हार्यो, कप्तानलाई १२ लाख जरिवाना



अ+ अ-

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएल २०२४ मा सातौं हारको रुपमा कोलकाता नाइट राइडर्ससँग बेहोर्यो । आईपीएल २०२४ को ३६ औं खेलमा केकेआरले आरसीबीलाई १ रनले हराएको थियो । हारसँगै बैंगलोरलाई दोहोरो झट्का लागेको छ ।

वास्तवमा टोलीका कप्तान फाफ डु प्लेसिसलाई स्लो ओभर रेटका कारण कारबाही गरिएको छ । आरसीबीका कप्तानले निर्धारित समयमा पूरा ओभर पूरा गर्न नसकेपछि उनलाई जरिवाना गरिएको हो ।

बैंगलोरका कप्तान फाफ डु प्लेसिसलाई स्लो ओभर रेटका कारण १२ लाख रुपैयाँ जरिवाना गरिएको छ । यो पहिलो पटक आईपीएल २०२४ मा भएको थियो जब आरसीबीले समयमै २० ओभर पूरा गर्न सकेन । फाफ भन्दा पहिले अन्य टिमका कप्तान पनि यो सजायको सिकार भइसकेका छन् ।

इडेन गार्डेनमा भएको खेलमा कोलकाताले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर २२२ रन जोडेको थियो । टोलीका लागि कप्तान श्रेयस अय्यरले सबैभन्दा ठूलो ५० रनको इनिङ खेले । त्यसपछि लक्ष्य पछ्याउने क्रममा बैंगलोरको टोली २० ओभरमा २२१ रनमा अलआउट भयो । टोलीका लागि विल ज्याकले ३२ बलमा ५५ रनको सबैभन्दा ठूलो पारी खेले । खेलमा आरसीबीले अन्तिमसम्म लड्यो तर अन्ततः केकेआरले जित्यो । यो सिजनमा आरसीबीको यो सातौं हार हो ।




भर्खरै