• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

कोलकाताले बैंगलोरलाई २२३ रनको विशाल लक्ष्य दियो



काठमाडौँ । कोलकाता नाइट राइडर्स (केकेआर)ले रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)लाई २२३ रनको लक्ष्य दिएको छ । इडेन गार्डेन स्टेडियममा भएको खेलमा बैंगलोरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २२२ रन बनायो । कोलकाताका लागि कप्तान श्रेयस अय्यरले अर्धशतक बनाए । उनले ३६ बलमा ५० रन बनाए । यस्तै, फिल साल्टले ४८, रिंकु सिंहले २४, भेंकेटेश अय्यरले १६ रन जोड्दा आन्द्रे रसेल २७ तथा रमनदीप सिंह २४ रनमा अविजित रहे ।

आरसीबीका लागि यश दयाल र क्यामरुन ग्रीनले २–२ विकेट लिए । मोहम्मद सिराज र लोकी फर्गुसनले एक–एक विकेट लिए ।