२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लामिछानेको सहकारी प्रकरण सत्ता समिकरणसँग जोडिएर आयो: मन्त्री चौधरी



file photo
अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी सम्बन्धि प्रकरण नयाँ सत्ता समिकरणसँग जोडिएर आएको बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आईतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो टिप्पणी गर्नुभएको हो ।

पत्रकारिता पेशामा लागेर लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुभएको प्रसंग कोट्याउँदै उहाँले गृहमन्त्री लामिछानेको विषय अहिले नयाँ सत्तासमिकरणमा पनि जोडिएर आएको बताउनु भयो । पत्रकारितामा आफूले पनि ६ महिना काम गरेको उल्लेख गर्दै मन्त्री चौधरीले त्यसमा दु:ख भएपनि सम्मानित पेशा भएको बताउनु भयो । उहाँले पत्रकारिता पेशालाई सम्मानित बनाउन आफूले आफैँलाई माहोल बनाउँदै लैजानुपर्ने अवस्था रहेको समेत बताउनु भयो ।

मन्त्री चौधरीले भन्नुभयो, ‘पत्रकारिता पेशामा दु:ख चाहीँ छ । तर आफूलाई माहौल बनाउँदै गयो भने यो सेक्टर पनि नराम्रो होइन । तपाईहरुकै पत्रकारिता क्षेत्रबाट अहिले नेपाल सरकारको उपप्रधानमन्त्री माननीय गृहमन्त्री हुनुहुन्छ । भनेपछि तपाईहरु यदि राम्रो ढंगले जाने हो भने यद्यपि केही कुराहरु उहाँको विषयमा उठेको अवस्था छ । यो समिकरणको विषयमा समेत त्यो जोडिएर आएको अवस्था छ । तथापि पनि यो पेशा नराम्रो होइन । त्यसो त यो सम्मानित पेशा हो । गर्नसक्यो भने धेरै राम्रो हुनसक्छ ।’

मन्त्री चौधरीले नेपालको पत्रकारिता क्षेत्रलाई मर्यादित पेशाको रुपमा अघि बढाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलको स्मरण समेत गर्नुभयो ।




भर्खरै