• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँः मन्त्री श्रेष्ठ ★   कार्यकर्तालाई बाड्न सरकारले ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा राख्यो: डा.महत ★   म एक्लैले सबैको ठाउँमा खेल्न सक्दिन, हामी व्यक्तिको कारण नभई टोलीको रूपमा हार्यौं: बाबर आजम ★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ

आईपीएलको डेथ ओभरमा सबैभन्दा धेरै डट बल खेल्ने ब्याट्सम्यान



एजेन्सी । आईपीएलको जारी सिजनमा ब्याट्सम्यानहरूले पहिलो बलबाट नै चौका र छक्का प्रहार गरिरहेका छन् । प्रतियोगिताको इतिहासमा सबैभन्दा धेरै रनको कीर्तिमान यस सिजन पटक–पटक तोडिएको छ ।

यदि ब्याट्सम्यानले सुरुमा ज्वलन्त ब्याटिङ गरे भने अन्तिम ओभरमा उनीहरूले बलरलाई कत्तिको क्रुरताका साथ चुट्छन् होला कल्पना गर्नुहोस् । तर यसैबीच यहाँ आईपीएलको डेथ ओभरमा ब्याटिङ गर्दा सबैभन्दा धेरै डट बल खेल्ने त्यस्ता ब्याट्सम्यानको नामबारे यहाँ चर्चा गरौं ।

१०. अम्बाती रायुडु
अम्बाती राडुले पछिल्लो सिजन अर्थात आईपीएल २०२३ पछि सन्यास लिएका थिए । रायुडु आईपीएलमा धेरै फ्रेन्चाइजीका लागि खेलेका थिए । रायुडुले आईपीएलको डेथ ओभरमा ब्याटिङ गर्दा १२५ डट बल खेलेका थिए ।

९. एबी डिभिलियर्स
आईपीएलको डेथ ओभरमा सबैभन्दा धेरै डट बल खेल्ने ब्याट्सम्यानको सूचीमा एबी डिभिलियर्सको नाम नवौं नम्बरमा छ । डेथ ओभरमा ब्याटिङ गर्दा डिभिलियर्सले १३३ डट बल खेले ।

८. डेभिड मिलर
डेभिड मिलरको नाम आठौं नम्बरमा छ । आईपीएलको डेथ ओभरमा ब्याटिङ गर्दा मिलरले १३५ डट बल खेलेका थिए ।

७. रोहित शर्मा
मुम्बई इन्डियन्सका पूर्व कप्तान रोहित शर्मा आईपीएलको डेथ ओभरमा सबैभन्दा धेरै डट बल खेल्ने ब्याट्सम्यानको सूचीमा सातौं नम्बरमा छन् । रोहित शर्माले १५१ डट बल खेले ।

६. हार्दिक पाण्ड्या
हार्दिक पाण्ड्याको नाम सूचीमा छ नम्बरमा देखिन्छ । हार्दिकले आईपीएलको डेथ ओभरमा ब्याटिङ गर्दा १६३ डट बल खेलेका छन् ।

५. आन्द्रे रसेल
आफ्नो विस्फोटक ब्याटिङका ​​लागि चर्चित आन्द्रे रसेल आईपीएलको डेथ ओभरमा सबैभन्दा धेरै डट बल खेल्ने ब्याट्सम्यानको सूचीमा पाँचौं नम्बरमा छन् । रसेलले १७७ डट बल खेलेका छन् ।

४. रवीन्द्र जडेजा
प्रायः तल्लो क्रममा ब्याटिङ गर्ने रविन्द्र जडेजा आईपीएलको डेथ ओभरमा सबैभन्दा धेरै डट बल खेल्ने ब्याट्सम्यानको सूचीमा चौथो स्थानमा छन् । जडेजाले २१२ डट बल खेलेका छन् ।

३. दिनेश कार्तिक
दिनेश कार्तिकले आईपीएलको डेथ ओभरमा २१७ डट बल खेलेका छन् । कार्तिक यो सूचीमा तेस्रो नम्बरमा छन् ।

२. किरोन पोलार्ड
विस्फोटक ब्याटिङका ​​लागि चर्चित किरोन पोलार्डले आईपीएलबाट सन्यास लिएका छन् । आइपिएलको डेथ ओभरमा सबैभन्दा धेरै डट बल खेल्ने ब्याट्सम्यानको सूचीमा पोलार्ड दोस्रो स्थानमा छन् । पोलार्डले अन्तिम ओभरमा २९१ डट बल खेले ।

१. महेन्द्र सिंह धोनी
आईपीएलको डेथ ओभरमा सबैभन्दा धेरै डट बल खेल्ने ब्याट्सम्यानको सूचीमा एमएस धोनी पहिलो नम्बरमा छन् । धोनीले आईपीएलको डेथ ओभरमा ३ सय ७१ डट बल खेलेका छन् ।




भर्खरै