२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दायर



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतका चार जना पूर्वप्रधान्यायाधीशविरुद्ध अवहेलना मुद्दा दायर भएको छ । संसद विघटनको विरोधमा संयुक्त विज्ञप्ति जारी गर्ने चार पूर्वप्रधान्यायाधीशविरुद्ध अधिवक्ता धनजीत बस्नेतले अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन् ।

अधिवक्ता बस्नेतले पूर्वप्रधान्यायाधीशहरु सुशीला कार्की, अनुपराज शर्मा, मीनबहादुर रायमाझी र कल्याण श्रेष्ठविरुद्ध दायर गरेको मुद्दाको पेशी माघ १५ गते तोकिएको छ ।

रिट निवेदकले अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको भन्दै उनीहरुविरुद्ध न्याय प्रशासन ऐन २०७३ को दफा १७ को उपदफा ४ बमोजिम हदैसम्मको सजायँ माग गरेका छन् । अदालतको अवहेलना गरेको ठहरेमा कसूरदारलाई एक वर्षसम्म कैद वा दश हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय वा अन्य उपयुक्त आदेश गर्न सक्ने कानुनी व्यवस्था छ ।

पूर्वप्रधान्यायाधीशहरुले २४ पुसमा संयुक्त विज्ञप्ति निकालेर प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका थिए ।