• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना ★   किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण ★   सन्दीपको भिसा प्रक्रियाका लागि क्यान तातियो, सांसद शाही पनि दौडधुपमा ★   सदरमुकाममा नै छैन पक्की पुल ★   कबड्डी टोली बंगलादेश प्रस्थान ★   दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा

पंकज त्रिपाठीका बहिनीज्वाइँको सडक दुर्घटनामा मृत्यु



एजेन्सी । बलिउड अभिनेता पंकज त्रिपाठीका बहिनीज्वाइँ राकेश तिवारीको सडक दुर्घटनामा मृत्यु भएको छ । शनिबार साँझ करिब ४ बजे धनबाद जिल्लाको निरसा चोक नजिकै एनएच २ मा भएको सडक दुर्घटनामा पंकजकी बहिनी सविता तिवारी पनि गम्भीर घाइते भएकी छन् ।

उनको धनबादको एक अस्पतालमा उपचार भइरहेको छ । उनको खुट्टा भाँचिएको छ तर उनी खतरामुक्त छन् । घटनाको खबर पाएलगत्तै पंकज त्रिपाठी मुम्बईबाट कोलकाता एयरपोर्ट पुगे र त्यहाँबाट धनबाद प्रस्थान गरेका छन् ।

पंकजका बहिनीज्वाइँ राजेश तिवारी चित्तरञ्जन रेलवे कारखानामा काम गर्थे । उनी शनिबार साँझ श्रीमती सविता तिवारीसँग कारमा गोपालगञ्जबाट चित्तरञ्जन जाँदै थिए । निरसा चोकमा पुग्ने बित्तिकै अटोलाई बचाउन खोज्दा आफ्नो कारको नियन्त्रण गुमाएपछि तिब्र गतिमा रहेको कार तीन फिट अग्लो डिभाइडरमा ठोक्कियो ।

दुर्घटनामा राजेशको टाउकोमा गम्भिर चोट लागेको थियो । सूचना पाएलगत्तै निरसा थानाको प्रहरी स्थानीयको सहयोगमा पुगेर दुवैलाई उपचारका लागि धनबाद एसएनएमसीएच पठाइएको थियो । जहाँ उपचारका क्रममा राकेशको मृत्यु भएको हो ।