४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल हङकङसँग पराजित, इमर्जिङ टिम्स एसिया कप खेल्नबाट बञ्चित



अ+ अ-

काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ ।

१४० रनको लक्ष्य हङकङले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । हङकङका अंशुमन रथ ५० बलमा ४ चौका र २ छक्कासहित ६५ रनमा नट आउट रहे । नसरुल्लाह राना ८ बलमा ११ रनमा नट आउट रहे ।

यस्तै, बाबर हायतले २६, अजिज खानले १२, यासिम मुर्तजा र अदित गोरावाराले ९–९ रन जोडे । नेपालका सोमपाल कामीले ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनायो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सर्वाधिक ४४ रन बनाए । त्यस्तै सन्दीप जोराले २२ रन जोडे ।

कप्तान रोहित पौडेलले २१ रन बनाउँदा कुशल मल्ल १३ र सोमपाल कामी १२ रन बनाएर आउट भए । गुल्शन झा ६, आशिफ शेख ५ र करण केसी ३ रन बनाएर आउट हुँदा ललित राजवंशी २ रनमा अविजित रहे ।

बलिङतर्फ हङकङका आयुष शुक्लाले ३ विकेट लिए । अतिक इकबाल, यशिम मुर्तजा र एहसान खानले एक–एक विकेट लिए ।

यो हारसँगै नेपालले आगामी नोभेम्बर र डिसेम्बरमा श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी–२० एसिया कप खेल्नबाट बञ्चित भएको छ ।

तेस्रो स्थानको हङकङसँगै फाइनलमा पुगेका युएई र ओमान उक्त प्रतियोगिताको लागि छनोट भएका छन् । टोलीले भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीसँग खेल्नेछन् ।