• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात ★   नेताहरुको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो: विप्लव ★   कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ – गृहमन्त्री ★   गेललाई जर्सी उपहार दिँदै कोहलीले भने – काका अर्को सिजन आईपीएलमा फर्किनु ★   कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय ★   वडाध्यक्षलाई विद्यार्थीको प्रश्न: ‘खेल्ने सामग्री कसले दिन्छ ?’ ★   सुर्खेत बस दुर्घटना: दुईजनाको मृत्यु, २१ घाइते ★   सभामुखलाई धनराजको पत्र: रातो पासपोर्ट उत्खनन गर्ने गृहमन्त्रीमाथि कारबाही होस् ★   काँग्रेसलाई अध्यक्ष श्रेष्ठको प्रश्न: प्रधानमन्त्रीले विश्वासको मत माग्दा नाराबाजी गर्नु अर्थपूर्ण हो ? ★   काँग्रेसले समिति माग गरेको होइन, सरकार माग गरेको हो: प्रमुख सचेतक बर्तौला

भ्लगर रतन कार्कीको युट्यब च्यानल ह्याक



काठमाडौं । भ्लगर रतन कार्कीको युट्युब च्यानल ह्याक भएको छ । कार्कीको पाँच लाख ६५ हजार बढी सब्स्क्राइबर भएको च्यानल शुक्रबार ह्याक भएको हो ।

ह्याकपछि च्यानलको नाम र युजरनेम परिवर्तन गरी नेपालमा प्रतिबन्धित बिटक्वाइनको प्रचार गरिएको थियो । यसअघि पनि उक्त च्यानल ह्याकको शिकार भएको थियो ।

ह्याक हुनुको वास्तविक कारण बाहिर आइसकेको छैन । च्यानल फिर्ता ल्याउने काम भइरहेको बताइएको छ ।

सो च्यानलमा कार्कीले भ्लग भिडिओहरू राख्दै आएका थिए । हाल जापानमा रहेका उनी त्यहीँका सामग्री भ्लगमार्फत बाहिर ल्याउथे ।