• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   आगलागीमा करोडौँको क्षति ★   एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ: अध्यक्ष ओली ★   छात्राको शरिरबाट गोलि निकालियो, कस्तो छ अहिले अवस्था ? ★   पर्यटन,आइटी,जलविद्युत, सिमेन्ट उद्योग र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन

रञ्जितालाई भेट्न रेशम काठमाडौं आउँदै, कुरा मिले सँगै बस्ने नमिले छुटिने



फाईल फोटो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ ।

अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमार्फत् आफूलाई पार्टी संरक्षक चौधरीले मुद्दा दायर गरेको र त्यसको पेशी आइतबार तोकिएको विषय सार्वजनिक गरेपछि रेशमले आज सामाजिक सञ्जालमार्फत् नै जवाफ फर्काएका छन् । रेशमले रञ्जिताविरुद्ध मुद्दा हालेको नभई निर्वाचन आयोगविरुद्ध भएको स्पष्ट मात्र पारेका छैनन्, तीललाई पहाड नबनाउन पनि सचेत गराएका छन् ।

रेशमले भनेका छन्– केही स्वार्थी मान्छेले तिम्रो मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिद्ध्याउने खेलमा सहजै खेलेको मैले त बुझेको थिएँ तर तिमिले बुझेनौ ।

रेशमले छोरी भन्नेसंग, भाउजू भन्नेसंग र भान्जी भन्नेहरुसँग सजग रहन सुझाव दिएका छन् । उनले रञ्जितालाई भेट्न काठमाडौं आइरहेको जानकारी दिएका छन् । दुई जना मात्र वार्ता गर्ने प्रस्ताव लिएर उनी काठमाडौं आउन लागेका हुन् । एक आपासमा बसेर मन माझ्ने र मिल्दा पनि मनैले मिल्न, छुट्टीँदा पनि जग नहसाएर छुट्टीयौं भन्ने प्रस्तावसहित रेशम काठमाडौं आउन लागेका हुन् ।

रेशमले सामाजिक सञ्जालमा लेखेकका छन्–

शान्त तलाउमा ढुंगा हानेर तरंगित बनाउनेहरु सबको पहिचान छ । कसको स्वार्थ कहाँ र के का लागि छ त्यो पनि थाहा छ ।

यो सबलाई नजिकैबाट मैले पनि नियालिरहेको छुँ तर बोलेको छैन । मेरो चरीत्र हत्या हुनेगरी पोष्टिएका अक्षरको जरुर हिसाब होला ।

प्यारी रन्जिता, मैले तिमिलाई मुद्दा हालेको होइन,निर्वाचन आयोगलाई हो । अदालतले कारण देखाउ आदेश जारिगर्दा निर्वाचन आयोगको जवाफमा तिमिलाई पनि सोध्ने आदेश गरेको मात्रै हो । तिललाई पहाड बनाउनु हुन्न,समाजमा धेरै जान्ने बुझ्ने मान्छे छन् ।

केही स्वार्थी मान्छेले तिम्रो मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिद्ध्याउने खेलमा सहजै खेलेको मैले त बुझेको थिएँ तर तिमिले बुझेनौ ।

तिमी सोझी र अन्जान छ्यौ तर मुडि छ्यौ भनेर नजिकबाट बुझ्नेले त्यसको फाइदा उठाए ।

१. माननीय इन्दिरा गिरिलाई कार्वाही गर्न उक्साए ।

२. माननीय घनश्याम चौधरीलाई संसदीय दलको नेताबाट हटाउन लागाए ।

३. तिमिलाई उकासी उकासी पत्र माथी पत्र काट्न लगाए ।

यो सब गराउनेलाई भोलिको परिणाम थाहा थियो । यिनले हाम्रो संवादलाई कसरी रोक्न सकिन्छ,अहिले पनि रोक्ने प्रयत्न गरिनै राखेका छन् । तर अब रोकिनुहुन्न । संवादको सुरुवात गरे दुबैको मन हल्का होला ।

नबिर्सनु रन्जिता, यिनले हामिलाई राम्रो नाच्यो भनेर थपडी बजाए जस्तो नाटक मात्रै गरेका हुन् । वास्तवमा यिनले हामी दुबैलाई नङ्ग्याई राखेका मात्रै हुन् ।

सरल तरिकाले बुझ तिमी,मैले निर्वाचन आयोगको फैसला अदालत भन्दा गम्भीर र त्रुटिपूर्ण देखेपछी त्यसको प्रतिवाद मात्रै गरेको हुँ । सबका सामु अध्यक्ष स्विकारेको छुँ,तिम्रो मानमर्दन गरेको छैन । तिमिले यत्ति बुझ्नु रन्जु,हाम्रो पार्टी काठमाडौंमा एमाले र टीकापुरमा माओवादी किन बन्छ ? यो दुबै नबनेर नागरिक उन्मुक्ति पार्टी मात्रै बनोस् भन्ने मेरो चाहना हो ।

तिमिले बुझ्नु, यो चटकेहरुले हिजो म निर्दोष छ भन्दै मेरो गीत बजाएर भोट मागे,आज किन मलाई दोषी करार गरेर जेल हाल्ने षड्यन्त्र गर्दैछन् । मैले त राम्रोसँग बुझेको छुँ रन्जु,तिमी सिद्धिनु भनेको म सिद्धिनु हो तर तिमिले बुझेकी छ्यौ कि छैनौ,म सिद्धिनु भनेको तिमी पनि सक्किनु हो ?

हाम्रो आन्तरिक भेद बाहिर निकाल्न खोल्नेहरु दुबैका होइनन् । हामी सचेत रहनुपर्छ ।

तिमिलाई मेरो सुझाव छ रन्जु,अहिले केहिदिन ३ तत्वबाट टाढा रहनु,

१. छोरी भन्नेसंग

२. भाउजू भन्नेसंग

३. भान्जी भन्नेसंग

यी ३ को खेलबाट बच्नु कल्याण आफै हुन्छ ।

जसले तिमिलाई मन्त्री ज्यु भन्छ त्यो चाहिँ तिम्रो असलि कार्यकर्ता हो ।

अहिले म काठमाडौंमा केवल तिमी भेट्ने उद्धेश्यले मात्रै आउँदैछु । केवल २ जनाको मात्रै वार्तालाप होस् । एक आपसमा मन माझौँ । मिल्दा पनि मनैले मिलौं,छुट्टिदा पनि जग नहँसाएर छुट्टिऔं । हाम्रा सन्तान इष्टमित्र सबैलाई आहट भएको छ । यसैमा दुबैको भलाई छ र पार्टीको कल्याण पनि ।

जय नागरिक ।